काठमाडौं ३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक आइतबार पार्टी कार्यालय बनस्थलीमा बस्यो। बैठकले विभिन्न ६ वटा निर्णयहरू गरेको पार्टी कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
उनका अनुसार बैठकमा यसअघि भएका निर्णयहरू कार्यान्वयनको विषयमा जानकारी लिने र दिने काम भयो। त्यस्तै अहिलेको राष्ट्रिय राजनीतिको बारेमा पार्टी उपसभापति डा।स्वर्णिम वाग्लेले ब्रिफिङ गरेको झाको भनाइ छ।
पार्टीको महाधिवेशनको विषयमा भइरहेका कामकारबाहीको विषयमा पनि सचिवालय सदस्यहरूबाट जानकारी लिने र दिने काम भएको झाले बताए।
साथै केन्द्रीय सचिवालयको बैठकले केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ। मिति समय भने चाँडै नै तय हुने उनले बताए।
त्यस्तै साथै संसदीय गतिविधिबारे र अहिले भइराखेको अधिवेशनबारे दलका उपनेता विराज भक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारले ब्रिफिङ गरेको उनको भनाइ छ। बैठकमा अन्य समसामियक विषयमा पनि छलफल भएको रास्वपाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्