काठमाडौं ३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भएका विभिन्न चार विधेयक प्रमाणीकरण गरेका छन्।
नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलले ‘सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक र विद्युतीय व्यापार ई–कमर्स०को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।
त्यस्तै, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ आइतबार प्रमाणीकरण भएका राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्