काठमाडौं ४ चैत । लिभरपुललाई हराउँदै न्युक्यासल युनाइटेडले काराबाओ कपको उपाधि जितेको छ।
आइतबार राति वेम्बेली स्टेडियममा भएको लिग कपको फाइनलमा लिभरपुलविरुद्ध २–१ को जित दर्ता गर्दै न्युक्यासलले ५६ वर्षपछि पहिलोपटक घरेलु उपाधि हात पारेको हो।
सन् १९६९ मा इन्टर–सिटीज फेर्यस कप र सन् १९५५ को एफए कपपछि न्युक्यासलले पहिलोपटक घरेुल प्रतियोगितामा सफलता पाएको हो। सन् १९५५ को एफए कपको उपाधि जितेपछि नयुक्यासलले लगातार नौ हार बेहोरेको रंगशालामा उत्सवको वातावरण बन्यो।
पहिलो हाफको ४५औँ मिनेटमा ड्यान बर्नको गोलमा न्युक्यासलले सुरुवाती अग्रता बनाएको थियो। पहिलो हाफमा १–० ले अघि भएको न्युक्यासलले दोस्रो हाफमा १ गोल थप्यो। तर इन्ज्युरी समयमा लिभरपुलले गोल फर्काएपछि न्युक्यासल केही तनावमा परेको थियो।
५२ औँ मिनेटमा अलेक्ज्यान्डर इसाकको गोलमा न्युक्यासलले अग्रता दोब्बर पार्यो।
इन्ज्युरी समयको चौथो मिनेटमा वैकल्पिक खेलाडी फेडेरिको चिएसाको गोलमा लिभपुरले खेलमा फर्कने संकेत गरे पनि निकै ढिला भएको थियो।
प्रतिक्रिया दिनुहोस्