ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेरिनोको एकै गोलमा चेल्सीविरुद्ध आर्सनल विजयी


एबीसी न्यूज
३ चैत्र २०८१, सोमबार   ७ : ४१   बजे

काठमाडौं ४ चैत । मिकेल मेरिनोको निर्णायक गोलमा चेल्सीलाई हराउँदै आर्सनलले इङ्लिस प्रिमियर लिगमा जित दर्ता गरेको छ।

आइतबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई १–० गोल अन्तरले हराएको हो। जितसँगै आर्सनलले शीर्ष स्थानको लिभरपुलसँगको अंक दूरी १२ मा झारेको छ।
२९ खेलबाट ५८ अंक भएको आर्सनल अंक तालिकाको दोस्रो स्थानमा छ। शीर्ष स्थानको लिभरपुलको समान खेलबाट ७० अंक छ।
गएरातिको खेलमा दुवै टोली आफ्नो पहिलो रोजाइको फरवार्डबिनै मैदान उत्रिएका थिए। आर्सनलका काई हाभर्टज ह्यामस्ट्रिङ इन्ज्युरीका कारण यो सिजनका लागि बाहिरिएका छन्।

चेल्सी पनि आफ्नो महत्त्वपूर्ण खेलाडी कोल पाल्मरले चोट बोकेपछि उनीबिनै मैदानमा गएको थियो।

गत सिजनको अप्रिलमा आर्सनलसँग ५–० ले हारेपछि चेल्सीले उनीबिना खेल्नुपरेको यो पहिलोपटक हो।

खेलको २०औँ मिनेटमा मेरिनोले गरेको निर्णायक गोलमा आर्सनलले अग्रता बनाएको थियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा जित हात पारेको हो।

गएराति नै भएको अन्य खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टरसिटीविरुद्ध ३–० को फराकिलो जित दर्ता गरेको छ।

अंक तालिकाको १३औँ स्थानमा रहेको युनाइटेडलाई यो जितले केही राहत भने दिलाएको छ।

गएरातिकै अर्को खेलमा फुलहामले टोटनहम हट्सपुरलाई २–० ले हराएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group