ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजावादीको सक्रियतालाई लिएर सामाजिक सञ्जाल, सडक हुँदै संसदसम्म चर्चा


एबीसी न्यूज
३ चैत्र २०८१, सोमबार   ७ : ४६   बजे

काठमाडौं ४ चैत । राजावादीहरूको सक्रियतासँगै संसददेखि सडक र चोकदेखि सामाजिक सञ्जालसम्म राजा फर्कने र रोक्ने कुराको चर्चा बढेको छ ।

प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश सार्वजनिक भएलगत्तै राजावादीको सक्रियता बढेको हो । त्यसपछि राजावादी र गणतन्त्रबादीबीच आरोप–प्रत्यारोप भइरहेको छ । अझ राजावादीहरूले फागुन २५ गते काठमाण्डौमा प्रदर्शन गरेपछि त गणतन्त्रवादीहरू झस्किएका छन् ।

राजावादीको प्रदर्शनकै कारण नेकपा ९माओवादी केन्द्र० ले तराई–मधेशमा आफ्नो अभियान नै रोक्यो । त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको छ । संवादका क्रममा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले सरकार परिणाममुखी काम गर्न प्रतिबद्ध भएको बताउनुभएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यस्तै संसदमा पनि राजा र राजावादीको सक्रियताको विषयले स्थान पाइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले राजा फर्काएर देखाउने चुनौती दिएको छ भने गणतन्त्रवादीहरूले विरोध गरिरहेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफू राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्ने बताउनुभयो । यस्तै प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले राजनीतिक दलको यस्तै प्रवृत्तिका कारण नागरिक एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर रहेको बताउनुभयो ।

आज काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै राजावादीहरूले आफूहरूको एजेन्डालाई कमजोरी ठानेर अपव्याख्या गर्न थालिए त्यसको मूल्य महँगो पर्ने चेतावनी दिएका छन् । तर सडकमा पूर्वराजाको समर्थनमा देखिएको भीडको जस कसले लिने भन्ने विषयमा राजावादीहरूबीच विवाद छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group