ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो १४ संघीय अस्पतालमा नयाँ सेवा थप्ने कार्यतालिका


एबीसी न्यूज
३ चैत्र २०८१, सोमबार   ८ : १६   बजे

काठमाडौं ४ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ।

१४ वटा अस्पतालमा चैत महिनाभित्र १८ विभिन्न सेवा तथा सुविधा थप गरिने गरी तयारी गरिएको स्वास्थ्य सचिव डा। विकास देवकोटाले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई थप सुविधा हुने गरी सेवा थप तथा सुधारमा जोड दिँदै आएका छन्। सोहीअनुसार संघीय अस्पतालहरुले सेवा विस्तार तथा थप गर्न मन्त्रालय अग्रसर भएको हो।

मन्त्रालयको तालिकाअनुसार अस्पतालहरुमा एक्सरे फिल्म हटाउनेदेखि आईभीआर सेवा थाल्ने, शय्या विस्तार गरिनेछ।

यसअनुसार वीर अस्पतालमा चैत दोस्रो साता काठमाडौं महानगरसँगको सहकार्यमा सर्भाकल क्यान्सरको परीक्षण सेवा आरम्भ हुनेछ।

वीरसँगै ट्रमा सेन्टरले चैत महिनाभित्र एमआरआई, सीटीस्क्यान तथा एक्सरेमा फिल्म प्रयोग हटाएर डिजिटल बनाउने भएको छ। त्यसैगरी
भरतपुर अस्पतालले क्याथ ल्याब चैत महिनाभित्र सञ्चालन गर्ने तयारी गरेको छ।

यता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युरोलोजी सेवामा इलेक्ट्रोमाइलोग्राफी तथा एनसीभी परीक्षण चैत महिनाभित्र थप गर्नेछ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले फरेन्सिक विभागबाट ७२ शव राख्न सक्ने गरी चैतभित्र क्षमता विस्तार गर्नेछ भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमसीएच भवन उद्घाटन गरेर ओपीडी चैत दोस्रो साताभित्र आरम्भ गर्नेछ।

कान्ति बाल अस्पतालले बालबालिकाका लागि हेमोडाइलासिस सेवा चैत्र तेस्रो साताभित्र आरम्भ गर्नेछ।

यसैगरी, भक्तपुर क्यान्सर अस्पतालले चैत अन्तिम साताभित्र ४ शय्याको पीआईसीयू स्थापना तथा बाल क्यान्सर उपचार वार्ड विस्तार गर्नेछ। परोपकार प्रसूति अस्पतालले भने कुपण्डोलको नयाँ भवनमा सिमुलेसन प्रयोगशाला आरम्भ गर्नेछ।

तनहुँको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रले चैत दोस्रो साताभित्र हेमोडाइलासिस सेवा थाल्ने कार्यतालिका छ।
उता डडेलधुरा अस्पतालमा एकीकृत ल्याब नमूना शंकलन सेवा चैत तेस्रो साताभित्र सुरु हुनेछ।

नारायणी अस्पतालले एनआइसीयूमा इउमआर लागू गर्ने, हिस्टोप्याथोलोजी सेवा थाल्ने, कोल्पोस्कोपी सेवा तथा क्रिटोथेरापी सेवा चैत तेस्रो साताभित्र थाल्ने तयारी गरेको छ। भेरी अस्पतालले भने १० आईसीयू शय्या थपसँगै जलन वार्डमा ६ शय्या थप गर्ने तयारी गरेको छ।

चैतभित्र सबै सेवा नागरिकले प्राप्त गर्ने मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

युरोपका दुई दिग्गजको भिडन्त, विश्वकप फाइनलको ढोका कसले खोल्ला?

पूर्वी नवलपरासीको गैंडाकोटका बस्तीमा बाढी

सम्बन्धित

युरोपका दुई दिग्गजको भिडन्त, विश्वकप फाइनलको ढोका कसले खोल्ला?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा, युद्ध चर्किने इरानको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu