काठमाडौं ४ चैत । नेकपा एकीकृत समाजवादी ले चैत्र १५ गते समाजवादी मोर्चाले गर्ने कार्यक्रममा हजारौँ मानिसहरु उपस्थित गराउन प्रयत्न गर्ने भएको छ।
सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायि कमिटीको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकका निर्णय सुनाउँदै उपाध्यक्ष जगन्नाथ खतिवडाले हजारौँ मानिस उतार्नका लागि विभिन्न प्रयत्न गरिरहेको बताए। जनप्रदर्शनलाई सशक्त ढंगले सफल बनाउनेतिर अग्रसर रहेको उनको भनाई थियो।
‘तथाकथित राजावादीहरू’ले गरेका गतिविधिहरु खण्डन गर्ने र जनता गणतन्त्रवादीतर्फ नै रहेको जिकिर गरे। उनले लोकतन्त्रलाई सुधार गर्न सकिने तर परिवर्तन गर्न नसकिने जनताको आवाव आफूहरूले उठाउन प्रदर्शन गरिरहेको बताए।
कम्तिमा ६० हजार र त्यहाँ भन्दा बढी एक लाखसम्म कार्यकर्ता आन्दोलनमा उतार्ने उनको दाबी थियो।
प्रतिक्रिया दिनुहोस्