काठमाडौं, ६ चैत । प्रदेश २ को मंगलबारको प्रदेशसभाको बैठक कुनै विजनेस नपाएपछि स्थगित गरिएको छ ।
छलफलका लागि कुनै विषय नभएपछि चैत १२ गतेसम्मका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
मंगलबार बोलाइएको बैठक सभामुख सरोजकुमार यादवले सूचना टाँस गरेर स्थगित गरेका छन् ।
संसदीय व्यवस्थामा संसदलाई विजनेस दिने काम सरकारको हो । बैठक चैत १२ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्