ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छुवाछूत तथा जातीय भेदभावको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको आग्रह


एबीसी न्यूज
७ चैत्र २०८१, शुक्रबार   ५ : ०७   बजे

काठमाडौं ७ चैत । राष्ट्रिय मानव अधिकार आयोगले छुवाछूत तथा जातीय भेदभावको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह गरेको छ । ६०औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा विज्ञप्ती निकालेर आयोगले छूवाछूत तथा जातीय विभेदका घटनामा आयोगले निरन्तर अनुसन्धान र अनुगमन गरिरहेको जनाएको छ ।

अछाममा विद्यालयभित्र दलित विद्यार्थीमाथि विभेद गरिएको तथा सप्तरीमा अन्तर जातीय विवाहको विषयलाई लिएर भएको घटनालाई न्यायिक प्रक्रियामा लैजानुको सट्टा मिलापत्र गराउने क्रममा बालिकाले आत्महत्या गरेको विषयमा आयोगले गम्भीर रूपमा लिएको र आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाएको उल्लेख गरेको छ ।

त्यस्तै सिराहाको औरहीमा महायज्ञ लगाउन मण्डप तयार गर्दा नजिकै रहेको दलितको घर भत्काइएको घटना हालै सार्वजनिक भएको छ । यसमा मानवअधिकार आयोगको मधेस प्रदेश कार्यालयबाट अनुगमन थालेको विज्ञप्तीमा उल्लेख छ ।

गम्भीर मानवअधिकार उल्लङ्घनका घटनालाई समुदायस्तरमै मिलापत्र गराउने, प्रहरीद्वारा जाहेरी नलिने र राजनीतिक हस्तक्षेप हुने प्रवृत्तिले पीडितको न्याय प्राप्त गर्ने अधिकार कुण्ठित हुन पुगेको आयोगको अनुगमनबाट पाइएको आयोगका सहसचिव एवम् प्रवक्ता डा।टिकाराम पोखरेलले उल्लेख गनुभयो ।

जातीय विभेद र छुवाछूतका घटनामा मेलमिलाप गराउने कार्य कानून विपरीत हुनुका साथै दण्डहीनताले समेत प्रश्रय पाउने आयोगले जनाएको छ । आयोगले तीन वटै तहका सरकारलाई गम्भीर हुन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

प्रेस काउन्सिलमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu