ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्दियाको भुरीगाउँ खानेपानी उपभोक्ता संस्थामा झन्डै ५० लाख रुपैयाँ हिनामिना भएको दाबी


एबीसी न्यूज
७ चैत्र २०८१, शुक्रबार   ५ : १०   बजे

काठमाडौं ७ चैत । ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँ बजारको भुरीगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा झन्डै ५० लाख रुपैयाँ हिनामिना भएको दाबीसहित छानविन गर्न माग गरिएको छ  । संस्थाको आर्थिक पारदर्शिताबारे स्थानीयबासिन्दा जीवन शाहीको अध्यक्षतामा पाँच सदस्यीय छानविन समिति गठन भएको र समितिले ४९ लाख ५७ हजार सात सय ५९ रुपैँया हिनामिना भएको जनाएको छ ।

संयोजक शाही, सदस्यहरु गोविन्दप्रसाद आचार्य, अर्जुन भण्डारी, पन्चराम थारु र गणेश कुँवरसहितको छानविन समितिले २०७७ सालदेखि अहिलेसम्म झन्डै ५० लाख रुपैयाँ दाखिला नगरी हिनामिना गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । रकम हिनामिनाको गुनासोपछि संस्थाका अध्यक्ष वेदप्रसाद भण्डारीसहितको कार्यसमितिले छानविन समिति गठन गरेको थियो ।

खानेपानी संस्थामा कार्यरत कर्मचारी रामबहादुर थारु आफूले आम्दानी र खर्च रेकर्ड नराखेको हुँदा हिसाब नमिलेको दाबी गर्नुहुन्छ । रकम हिनामिनाको सम्बन्धमा तत्काल लेखा परिक्षण गरी छानविन गर्न स्थानीय बासिन्दाले माग गरेका छन् ।

ठाकुरबाबा नगरपालिकाले सम्पूर्ण कागजात लिएर अनुसन्धान प्रकृया अघि बढाउने जनाएको छ । पर्सि आइतवारदेखि छानबिन तथा अनुसन्धान प्रकृया अघि बढाउने ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

प्रेस काउन्सिलमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu