ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको सिस्टम नै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ- मन्त्री राणा


एबीसी न्यूज
७ चैत्र २०८१, शुक्रबार   ५ : २४   बजे

काठमाडौं ७ चैत । परराष्ट्रमन्त्री आरजु राणा देउवाले वर्तमान सरकार परिवर्तन गर्ने आशयमा नरहेको आफूले पाएको बताएकी छिन्।

छिमेकी राष्ट्र भारतको भ्रमण सकेर शुक्रबार नेपाल फर्किएकी मन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपालमा पछिल्लो समय भइरहेका राजनीतिक गतिविधिबारे धेरै कुरा नभएको भए पनि भारतीय पक्षको समर्थन लोकतान्त्रिक गतिविधिलाई नै रहने पाएको स्पष्ट पारिन्।

‘यहाँको राजनीतिक गतिविधिको बारेमा धेरै कुरा त गरेनौँ। तर उहाँहरूको सपोर्टचाहिँ डेमोक्य्राटिक सिस्टमलाई नै छ भन्ने कुरा उहाँहरूको हरेक गतिविधिबाट हामीले बुझ्न जरुरी छ,’ राणाले भनिन्, ‘अहिलेको सरकारसँग एकदमै इन्गेज्ड हुनुहुन्छ। सरकारको सिस्टम नै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ।’

प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले भेटका लागि प्रस्ताव नै नगरेको र विदेशमन्त्री एस जयशंकरसँग समकक्षीको हिसाबमा भारतीय भेटवार्ता भएको बताइन्।

उनको भनाइ थियो, ‘भारतीय विदेशमन्त्रीसँग समकक्षीको हिसाबले भेट मागेको हो र मैले भेटेको पनि हुँ। मोदीजीसँग भेट मागिएको पनि होइन। भेट पनि भएन।’
फागुन २६ भारत भ्रमणमा गएकी मन्त्री राणा शुक्रबार ९चैत ८ गते० स्वदेश फर्केकी हुन्।

धार्मिक भ्रमणका सिलसिलामा फागुन २६ गते भारत प्रस्थान गरेकी उनले भारतीय विदेश मन्त्रालयले चैत ४ देखि नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलग कार्यक्रममा सहभागी भएकी थिइन्।

त्यस क्रममा उनले चैत ५ गते भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

हर्मुजमा युद्धको उल्टोगणना: ट्रम्पको आदेशपछि अमेरिकाको नयाँ आक्रमण, इरानको कडा प्रतिशोध

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu