काठमाडौं ९ चैत । आप्रवासीका लागि गएको वर्ष सबैभन्दा खराब रहेको र विश्वभर झन्डै नौ हजारले आप्रवासनका क्रममा ज्यान गुमाएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सन् २०२४ मा विश्वभर आप्रवासनका क्रममा आठ हजार नौ सय ३८ जनाको ज्यान गएको ले उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ९आईओएम० का उपनिर्देशक उगोची डेनियल्सले विश्वव्यापी आप्रवासीको मृत्युको बढ्दो सङ्ख्या असह्य रहेको बताउनुभयो । सन् २०२४ मा एशियामा दुई हजार सात सय ७८, अफ्रिकामा दुई हजार दुई सय ४२ र युरोपमा दुई सय ३३ जनाको ज्यान गएको थियो ।
युरोप पुग्न चाहनेहरूका लागि मुख्य प्रवेशद्वार भूमध्य सागरमा दुई हजार चार सय ५२ जनाको ज्यान गएको आईओएमलाई उद्धित गरी समाचार संस्था एएफपीले जनाएको छ । अमेरिका पुग्न चाहने मानिसको अनौपचारिक तथ्याङ्कअनुसार कम्तीमा एक हजार दुई सय ३३ जनाले ज्यान गुमाएका छन्
प्रतिक्रिया दिनुहोस्