ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल क्रिकेटमा कोलकातालाई हराउँदै रोयल च्यालेन्जर्स बेङ्गलुरुको विजयी शुरुआत


एबीसी न्यूज
९ चैत्र २०८१, आइतबार   ७ : १६   बजे

काठमाडौं १० चैत । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु ९आरसीबी० ले विजयी शुरुआत गरेको छ । १८ औँ संस्करणको उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स केकेआर लाई सात विकेटले हराउँदै बेङ्गलुरुले विजयी शुरुआत गरेको हो ।

कोलकाताको घरेलु मैदानमा हिजो भएको पहिलो खेलमा एक सय ७५ रनको लक्ष्य बेङ्गलुरुले १६ ओभर दुई बलमा तीन विकेट विकेट गुमाएर भेट्टायो । आरसीबीका विराट कोहलीले अविजित सर्वाधिक ५९ रन बनाए । फिल साल्टले ५६ रन जोडे । कप्तान रजत पाटीदार ३४ रनमा आउट भए । कोलकाताका बैभव अरोरा, वरुण चक्रवर्ती र सुनिल नारायणले समान एक विकेट लिए ।

त्यसअघि इडन गार्डेनमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ७४ रन बनायो । कोलकाताका कप्तान अजिक्या राहाणेले सर्वाधिक ५६ रन बनाए । सुनिल नारायण ४४ रनमा आउट भए । बेंङ्गलुरुका कु्रनाण पाण्ड्याले तीन, जोस हेजलवुडले दुई तथा यश दयाल, रसिक सलाम र सुयस शर्माले समान एक विकेट लिए ।

१८ औँ संस्करणको आईपीएल क्रिकेट हिजोदेखि शुरु भएको हो । आज दुई वटा खेल हुँदैछन् । सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीचको खेल दिउँसो पौने ४ बजे हैदरावादमा र चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीचको खेल बेलुका पौने ८ बजे चेन्नईमा हुनेछ । आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group