ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘स्पाइडर म्यान: ब्रान्ड न्यु डे’ले नेपालमा १२ दिनमै कमायो १४ करोड


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   १२ : ५५   बजे

काठमाडौँ । हलिउड फिल्म ‘स्पाइडर म्यान: ब्रान्ड न्यु डे’ले नेपालमा प्रदर्शनको १२ दिनमै १४ करोड २४ लाख १९ हजार ८५० रुपैयाँ व्यापार गरेको छ।

चलचित्र विकास बोर्डका अनुसार फिल्मले नेपाली दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको छ। यससँगै ‘ब्रान्ड न्यु डे’ नेपालमा सर्वाधिक कमाइ गर्ने हलिउड फिल्म बनेको छ।

यसअघि सन् २०२२ मा प्रदर्शन भएको ‘अवतार: द वे अफ वाटर’ले नेपालमा करिब १२ करोड रुपैयाँ कमाएर सर्वाधिक कमाउने हलिउड फिल्मको रेकर्ड बनाएको थियो। ‘स्पाइडर म्यान: ब्रान्ड न्यु डे’ले उक्त रेकर्ड तोडेको हो।

फिल्मले प्रदर्शनको पहिलो दिनमै १ करोड ९९ लाख ६९ हजार ९४५ रुपैयाँ कमाएको थियो। यो नेपालमा कुनै पनि हलिउड फिल्मले गरेको सबैभन्दा ठूलो ओपनिङ कलेक्सन भएको बोर्डले जनाएको छ।

विश्वव्यापी रूपमा पनि सफल

टम हल्यान्ड, जेन्डाया, सेडी सिंक, ज्याकोब बाटालोन, जोन बर्नथल, ट्रामेल टिलम्यान, माइकल म्यान्डो र मार्क रफालोलगायत कलाकारको अभिनय रहेको फिल्मलाई डेस्टिन ड्यानियल क्रेटनले निर्देशन गरेका हुन्।

क्रिस म्याककेना र एरिक सोमर्सले पटकथा लेखेको फिल्म स्टान ली र स्टिभ डिट्कोको कमिक बुकमा आधारित छ।

फिल्मले विश्वव्यापी बक्सअफिसमा पनि उल्लेख्य सफलता हासिल गरेको छ। प्रदर्शनको १२औँ दिनसम्म फिल्मले विश्वभर १ अर्ब ६७ करोड अमेरिकी डलर कमाइसकेको दाबी गरिएको छ।

विश्वव्यापी ओपनिङका आधारमा भने ‘ब्रान्ड न्यु डे’ दोस्रो स्थानमा छ। ‘एभेन्जर्स: इन्डगेम’ पहिलो स्थानमा छ। अमेरिकी घरेलु बक्सअफिसमा समेत ‘ब्रान्ड न्यु डे’ सन् २०२६ को सर्वाधिक कमाइ गर्ने फिल्म बनेको बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीमा बेपत्ता शिवको शव भेटिएन, कुशको आकृति बनाएर गरियो अन्तिम संस्कार

रास्वपा सचिवालय बैठक बस्दै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Experts Warn of Disease Spread in Flood-Affected Areas

Nepal’s Prime Minister Warns of Climate Change Risks After Himalayan Disaster

Himalayan Disaster Highlights Regional Cooperation

आज हुँदै एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २३औँ संस्करण

Nepal Considers Voting Rights for Overseas Immigrants

बाढीमा बेपत्ता शिवको शव भेटिएन, कुशको आकृति बनाएर गरियो अन्तिम संस्कार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu