काठमाडौं १५ । राजावादी प्रदर्शनकारीले काठमाडौँको तीनकुनेमा रहेका व्यावसायिक घरमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन्।
राजसंस्था पक्षधरको लागि तोकिएको तीनकुनेको मञ्चतिर नगई सडकमा प्रहरीसँग भीडन्तमा उत्रिएका प्रदर्शनकारी उग्र भएका हुन्।
अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त छ। यस्तै, प्रदर्शनकारीले प्रहरी बिट तोडफोड गरेका छन्। उनीहरूले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन्।
प्रहरीले भीड नियन्त्रणमा लिनका लागि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्