काठमाडौं, १५ चैत्र । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घेराबाहिर झाडीमा आगलागी भएको छ । विमानस्थलको कम्पाउण्ड बाहिरको झाडीमा आगलागी भएको हो । आगो नियन्त्रणमा आइनसकेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसपी लालबाबु सुवेदीले बताए । आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको उनले बताए ।
उनका अनुसार उक्त क्षेत्रमा आगो राजावादी समूहको प्रदर्शनकारीले लगाएको हुन सक्ने आशंका गरिएको छ । घटनाबारे थप बुझने काम भइरहेको उनले बताए । आगजनीको कारण बैंकक उड्ने तयारीमा रहेको थाइ एयरको उडान रद्द भएको छ । बेलुका ८ बजेका लागि उडान मलेसियाका लागि उडान भर्ने तयारीमा रहेको बटिक एयरको पनि उडान अनिश्चित बनेको छ
प्रतिक्रिया दिनुहोस्