काठमाडौं, १५ चैत्र । प्रधानमन्त्री केपी ओलीको आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएको छन्। राजावादीहरुको उग्र प्रदर्शनपछि प्रधानमन्त्री ओलीले बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाहले बताए । बैठक बेलुका ८ बजे बस्नेछ। राजवादीहरु आगजनी र तोडफोडमा उत्रिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेर तीनकुने क्षेत्रमा नेपाली सेना खटाएको छ।
प्रतिक्रिया दिनुहोस्