ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीयता खारेजीका लागि जनमोर्चाको साताव्यापी आन्दोलन घोषणा


एबीसी न्यूज
२१ चैत्र २०८१, शुक्रबार   ५ : ३९   बजे

काठमाडौं २२ चैत । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीका लागि राजधानी काठमाडौँमा साताव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।

शुक्रबार पत्रकार सम्मेलन गरी जनमोर्चाले आन्दोलनको खाका सार्वजनिक गरेको हो। चैत २४ गतेदेखि ३० गतेसम्म ‘गणतन्त्र र राष्ट्रियताको रक्षा तथा संघीयताको खारेजी’काठमाडौँ केन्द्रित आन्दोलन गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

सो अवसरमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशले अब संघीयता धान्न नसक्ने बताए।

प्रादेशिक संरचनाका कारण देशले अनावश्यक आर्थिक बोझ बोक्नुपरेको भन्दै केसीले सातवटा प्रदेश संरचनामा पाल्न भइरहेको खर्चले शिक्षा र स्वास्थ्य निशुःक गर्न सकिने दाबी गरे।

अध्यक्ष केसीले संघीयता खारेज नगरे यसले मुलुकको अस्तित्व संकटमा पर्ने उल्लेख गरे। उनले संघीयता नेपालको आवश्यकता र माग नभएको उल्लेख गर्दै विदेशीले बोकाइदिएको भारी भएको दाबी पनि गरे।

‘दुईवटै संविधानसभामा राष्ट्रिय जनमोर्चा छ। संघीयता अन्तरिम संविधानमार्फत कसरी बोकाइयो भन्ने हामीलाई थाह छ’ केसीले भने, ‘संघीयता नेपाली जनताले माग गरेर र देशको आवश्यकताले आएकै होइन। यो त काँकडभिट्टादेखि महेन्द्रनगरसम्मको तराईलाई अलग गरेर एक मधेश एक प्रदेश बनाउने उद्धेश्यका साथ भारतले बोकाइदिएको हो।’

उनले भारतको चाहना हिमाल र पहाडबाट तराईलाई अलग गर्ने भएपनि युरोयिन युनियनको उद्देश्य जातीय राज्य बनाएर आपसमा लडाउने रहेको बताए।

फरक प्रशंगमा अध्यक्ष केसीले राजावादीहरूले पनि संघीयता खारेजीको माग गरिरहेको उल्लेख गर्दै उनीहरूको उद्देश्य राजतन्त्र फर्काउने र पुनः केन्द्रिकृत शासन चलाउने रहेको उल्लेख गरे।

‘तर, राष्ट्रिय जनमोर्चाले संघीयता अन्तर्गतको प्रदेश संरचना खारेज गरेर प्रशासनिक ईकाइ मात्रै राख्ने र प्रजातान्त्रिक विकेन्द्रिकरण गरी स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने उद्देश्य लिएको स्पष्ट पारे।

लोकतन्त्र र गणतन्त्र जोगाउन पनि संघीयता खारेज गर्नुपर्ने केसीले दोहोर्याए। उनले राजावादी प्रदर्शनलाई गम्भीरतापूर्वक लिनुपर्ने र गणतन्त्र पक्षधर एकतावद्ध हुनुपर्ने उल्लेख पनि गरे।

उनले संघीयता लागू गरिएको १५र१६ वर्षमा यसको औचित्यबारे जनतामा धेरै स्पष्टता आइसकेको र संघीयता ‘बोक्नेहरू’को मनमा समेत अब थेग्न सकिँदैन भन्ने लागेको बताए।
तर, राष्ट्रिय जनमोर्चाको मात्रै प्रयासले संघीयता खारेज नहुने उनको भनाई थियो।

‘जसले बोकाएको हो उसले ल अब छोड्नुस् भन्छ ररु’ केसीले प्रश्न गरे, ‘पञ्चायत पनि आन्दोलन सुरु भएकै दिन ढलेको होइन, राजतन्त्र फाल्न पनि कैयौँ वर्ष संघर्ष गर्नुपर्यो। त्यसकारण संघीयता पनि नेपालको सन्दर्भमा ठीक छैन भन्ने जनतामा परेको छ। जनता उत्रिए भने यो खारेज हुन्छ, हुन्छ।’

कार्यक्रममा राजमो उपाध्यक्ष एवम् पूर्वसंविधान सभा सदस्य दुर्गा पौडेल र महासचिव मनोज भट्टले पनि संघीयता खारेजीको आन्दोलनबारे धारणा राखेका थिए।

काठमाडौँमा सात दिन लगातार शान्तिपूर्ण जनप्रदर्शन गरिने जनमोर्चाले स्पष्ट पारेको छ। आन्दोलन अन्तर्गत प्रत्येक दिन जुलुश तथा सभाहरू हुनेछन्।
यस्तो छ आन्दोलनको कार्यतालिका
कार्यतालिकाअनुसार उद्घाटन कार्यक्रम चैत २४ गते शान्तिवाटिकामा दिउसो २ बजे हुनेछ। यहाँको सभालाई अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्नेछन्।

दोस्रो दिन चैत २५ गते चाबहिल चोकमा सभा हुनेछ। सो सभालाई राजमो नेता बोमबहादुर खत्रीले सम्बोधन गर्नेछन् भने तेस्रो दिन चैत २६ गते माइतीघर मण्डलामा सभा हुनेछ। यहाँको सभालाई महासचिव मनोज भट्टले सम्बोधन गर्ने कार्यतालिका छ।

चौथो दिन चैत २७ गते गोङ्गबुचोकमा हुने सभालाई नेकपा ९मसाल० ५ नम्बर ब्युरोका प्रवक्ता तिलक जिसीले सम्बोधन गर्ने कार्यक्रम छ।

पाँचौँ दिन चैत २८ गते न्यूरोड भूगोलपार्कमा सभा हुनेछ। सो सभालाई राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्माले सम्बोधन गगर्नेछन् भने चैत २९ गतेको भृकुटीमण्डपमा हुने सभालाई केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले सम्बोधन गर्नेछिन्।

सातौँ दिन अर्थात् अन्तिम दिनको कार्यक्रम चैत ३० गते शान्तिवाटिकामा नै सम्पन्न हुनेछ। यहाँको सभालाई अध्यक्ष केसीले सम्बोधन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group