ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाण्डौका विभिन्न ठाउँमा प्रदर्शनको तयारी, वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह


एबीसी न्यूज
२५ चैत्र २०८१, मंगलबार   ७ : ४७   बजे

काठमाडौं २६ चैत । आज काठमाण्डौका विभिन्न ठाउँमा प्रदर्शनको तयारी भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले विभिन्न ठाउँबाट र्‍याली निकालेर बल्खुमा विरोध कार्यक्रम गर्नका लागि प्रशासनबाट अनुमति लिएको छ । यस्तै शिक्षक र सहकारी तथा लघुवित्त पीडितहरुले पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

प्रदर्शन हुने ठाउँमा गाडी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरीले आवश्यकता अनुसार डाइभर्सनको व्यवस्था मिलाइएको जनाएको छ ।

बल्खुमा हुने राप्रपाको प्रदर्शनलाई ध्यान दिँदै ट्राफिक प्रहरीले विभिन्न तीन ठाउँमा डाइभर्सनको व्यवस्था मिलाएको छ । यसअनुसार खसीबजार–मकालु–कलङ्की चोक–बाफलमा डाइभसर्नको एउटा रुट तय गरिएको छ ।

यस्तै बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक हुँदै टेकुमा अर्को डाइभर्सन मिलाइएको प्रहरीले जनाएको छ । यस्तै कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा अर्को डाइभर्सन तोकिएको छ ।

कार्यक्रममा सहभागी हुन आउनेहरूका लागि टीयू गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक ९दुवैतर्फ० र चोभार सुक्खा बन्दरगाहमा पार्किङको व्यवस्था मिलाइएको छ ।

नयाँबसपार्क र सीतापाइला–बाफल सडकखण्डमा एक लाइन पार्किङको व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस्तै नेपाल शिक्षक महासङ्घले माइतीघर मण्डलामा भेला भइ बानेश्वर र माइतीघर सडक खण्डको बीचमा तथा सहकारी र लघुवित्त पीडितले शान्तिबाटीकामा कार्यक्रम गर्ने भएकाले ती ठाउँमा पनि आवश्यकता अनुसार डाइभर्सन मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

कार्यक्रम हुने ठाउँ हुँदै चल्ने गाडीका चालकले अरु वैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

ढल्केबर ट्रमा सेन्टर विवादले मधेसको वातावरण बिग्रन सक्छ : सांसद यादव

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu