ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतमा सक्रिय पत्रकार चिरन शर्मालाई ‘सिभिक अवार्ड’


एबीसी न्यूज
२५ चैत्र २०८१, मंगलबार   १ : ३५   बजे

काठमाडौं २६ चैत । नेपाली पत्रकार चिरन शर्माले ‘बेलायतमा स्पेल्थोन सिभिक अवार्ड २०२५’ प्राप्त गरेका छन्।

उनलाई उक्त सम्मान लन्डनस्थित स्पेल्थोन सिभिक अवार्ड ट्रस्ट्रले सोमबार साँझ स्ट्यान्समा आयोजित विशेष समारोहबीच प्रदान गरेको हो।

सन् १९८२ मा स्थापना गरिएको सिभिक अवार्ड ट्रस्टले बेलायती समुदायमा विभिन्न क्षेत्रमार्फत स्वयंसेवकका रूपमा योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गर्ने गरेको छ।
पत्रकार शर्माले नेपाली सञ्चारमाध्यममार्फत बेलायती नेपाली समुदाय र स्पेल्थोन नगरवासीबीच सामाजिक एकीकरण, सांस्कृतिक समझदारी र बलियो सम्बन्ध स्थापित गर्न उल्लेखनीय भूमिका खेलेको भनी उक्त सम्मान दिइएको हो।

नेपाल पत्रकार महासंघ बेलायतका पूर्वअध्यक्षसमेत रहेका शर्माले १८ वर्षदेखि नेपालब्रिटेन डट कम सञ्चालन गरिरहेका छन्।
शर्मा सिभिक अवार्ड प्राप्त गर्ने पहिलो गैरआवासीय नेपाली हुन्।

अवार्ड वितरण समारोहमा सम्बोधन गर्दै स्पेल्थोन काउन्सिलका मेयर मेड वगले समाजमा उल्लेखनीय परिवर्तन ल्याउने कार्य केवल ठूला पदमा रहेका व्यक्तिले होइन, सामान्य नागरिकले पनि गर्न सक्ने बताउँदै समुदायमा सेवा पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे।

उनले सम्मानित व्यक्तिहरूको योगदानले स्थानीय समुदाय बलियो भएको उल्लेख गर्दै प्रचारप्रसार नगरी पनि समाजमा ठूलो प्रभाव पार्न सकिने धारणा राखे।

सोही अवसरमा युवा क्लब, बेघर तथा गरिब समुदाय, असहाय सहयोग, व्यवसाय, स्थानीय चर्च तथा वातावरण परिवर्तनजस्ता विविध क्षेत्रबाट समाजमा विशेष योगदान पुर्‍याउने १२ जनालाई सम्मान गरिएको थियो।

अवार्ड प्राप्तिपछि प्रतिक्रिया दिँदै पत्रकार शर्माले यो सम्मान व्यक्तिगत उपलब्धि मात्र नभई बेलायती नेपाली समुदायले पाएको मान्यता र योगदानको कदरका रूपमा लिएको बताए।

उनले सो सम्मानले आफूलाई समाजिक हितका लागि क्रियाशील रहन थप प्रेरणा मिलेको बताए।

कार्यक्रममा काउन्सिलका पदाधिकारीहरू, काउन्सिलरहरू, तथा स्पेल्थोन सिभिक अवार्ड ट्रस्टका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group