ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेतो मच्छिन्द्रनाथको रथ लगन टोलमा लगियो


एबीसी न्यूज
२५ चैत्र २०८१, मंगलबार   १ : ४६   बजे

काठमाडौं २६ चैत । हरेक वर्ष चैत शुक्ल अष्टमी चैते दसैँदेखि सेतो मच्छिन्द्रनाथ अर्थात् आर्यावलोकितेश्वरको रथयात्रा सोमबार तेस्रो दिन हनुमानढोका दरबार क्षेत्रबाट लगन टोलमा तानेर मनाइएको छ ।

जात्राको पहिलो दिनमा मच्छिन्द्रनाथ बहाल अवस्थित सेतो मच्छिन्द्रनाथको मन्दिरबाट आर्यलोकितेश्वरको मूर्तिलाई बाहिर निकाली जमल तीनधारामा निर्माण गरिएको शिखरशैलीको रथमा विराजमान गराइ असन टोल सम्म रथयात्रा चलाइन्छ ।

रथयात्राको दोस्रोदिन भने असनदेखि हनुमानढोका दरबार क्षेत्रसम्मको जात्रा गरिन्छ भने आज तेस्रो दिन लगन टोलसम्म जात्रा गरिन्छ ।

लगनमा रहेको आमा रुख परिक्रमापछि भने रथबाट आर्यालोकितेश्वरको मूर्तिलाई निकाली खटमा राखी लगन, ज्याबहाल, द्यःलं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्र बहाल ल्याइ पुनः मन्दिरमा प्रतिस्थापन गरिन्छ ।

यस भगवनाको दर्शन गर्नाले दुःख रोग व्याधी कम हुने जनश्रुति रही आएको छ भने सक्नेले मन्दिरमा गएर दर्शन गर्ने र नसक्नेहरुका लागि घर दैलोमै दर्शन दिनका लागि यो जात्रा चलाइएको भन्ने भनाइ रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group