ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको राजसंस्थालाई जति धोए पनि संवैधानिक बनाउन सकिँदैन – गगन थापा


एबीसी न्यूज
२७ चैत्र २०८१, बिहिबार   १ : ४१   बजे

काठमाडौं २८ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजसंस्थालाई जति धोए पनि संवैधानिक बनाउन नसकिने बताएका छन्। बिहीबार नेपाली कांग्रेसको दोस्रो प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस लामो अनुभवपछि यस्तो निष्कर्षमा पुगेको उल्लेख गरे।

‘नेपालका राजालाई सक्रिय बनायो भने के हुन्छरु हामीले के कुरा बुझ्यौं, अनुभवले सिकायो भने नेपालको राजा कसैले पनि जति धोएर सफा गर्‍यो भने पनि उसलाई कसैले संवैधानिक बनाउन सक्दैन,’ थापाले भने, ‘नेपाली कांग्रेस पार्टी लामो अनुभव गरेर त्यो निर्णयमा पुगेको हो।’

राजालाई निर्मल निवास राख्दा नै उत्पात मच्चाएको भन्दै उनले भने, ‘निर्मल निवासमा बस्दा त यस्तो उत्पात मच्चायो। अहिले नारायणहिटीमा भएको भए के गर्थे होलानरु’

राष्ट्रपतिको ठाउँमा राजा ल्याए पनि शिक्षा, स्वास्थ्य, रोजगारीको काम भने नेपाली कांग्रेस र नेकपा एमालेले नै गर्नुपर्ने भन्दै त्यस्तो राजसंस्थाको आवश्यता नभएको दाबी गरे।

‘अहिले के मागेको होरु राष्ट्रपतिको ठाउँमा राजा लगेर राख्ने भनेको हो भने, एक छिनलाई मान्नुहोस् राष्ट्रपतिको ठाउँमा राजा ल्याएर राखियो,’ थापाको भनाइ छ, जो राजा ल्याउनुपर्छ भन्छ, उसलाई सोध्ने हो भने उसले देशमा भ्रष्टाचार भयो, देशमा कुशासन भयो, जागिर पाइएन, शिक्षा भएन, स्वास्थ्य भएन भन्छ। राजालाई लगेर खोपीमा लगेर राखेर शिक्षा, स्वाथ्यको काम त हुँदैन। शिक्षा, स्वास्थ्यको काम त फेरि कांग्रेस एमालेले गर्नुपर्‍यो।

थापाले नेपालले अब कुनै पनि राजनीतिक रोमाञ्चकता ९एडभेन्चर० थेग्न नसक्ने समेत जिकिर गरे। ‘हामी एकदमै स्पष्ट हुन आवश्यक छ,’ थापाले भने, ‘यो समय नेपाली कांग्रेस पार्टीले सम्हाल्ने समय हो। नेपालले अब कुनै पनि पोलिटिकल एडभेन्चर थेग्न सक्दैन।’

२०१७ सालमा राजा महेन्द्रले त्यस्तै राजनीतिक रोमाञ्चकतामा सयर गर्न खोज्दा नेपाल अहिले गरिब देशहरुको सूचीमा पुगेको समेत आरोप लगाए। ‘२०१५ सालमा वीपी कोइराला प्रधानमन्त्री हुनभयो, राजा महेन्द्रले त्यो पोलिटिकल एडभेन्चर नगरेको भए मज्जाले नेपालको राजसंस्था संवैधानिक भएर बस्थ्यो,’ थापाले भने, ‘आज हामीसँग ६५ बर्षको प्रजातान्त्रिक नेपालको हामीसँग अभ्यास हुन्थ्यो। अनुभव हुन्थ्यो। नेपाल अर्कै ठाउँमा पुगिसकेको हुन्थ्यो। बिकासको हिसाबले पनि, सबै हिसाबले।’

उनले थपे, ‘आज हामी कहाँ यस्तो गरिब देशहरुको सूचीमा बसिरहेका हुन्थ्यौं त। हामी त धनी देशहरुको क्लबमा बसेका हुन्थ्यौं होला सायद। राजाको पोलिटिकल एडभेन्चरले डुबायो हामीलाई।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group