ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँको वायु प्रदूषण थप घट्यो, अहिले १८ औँ स्थानमा


एबीसी न्यूज

काठमाडौं २९ चैत । वर्षापछि काठमाडौँको वायु प्रदूषण घटेको छ। काठमाडौँ उपत्यकमा दुई दिनदेखि भइरहेको सामान्य वर्षाको कारण वायु प्रदूषण कम भएको हो।

काठमाडौँमा बुधबार दिउँसोदेखि छिटपुट वर्षा सुरु भएको थियो। बिहीबार पनि काठमाडौँमा सामान्य वर्षा भएको छ। यसले काठमाडौँको वायु प्रदूषण घटेको हो।

मंगलबारसम्म वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा रहेको काठमाडौँ उपत्यका आज १८ औँ स्थानमा झरेको छ।

विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार शुक्रबार बिहान साढे ५ बजेको मापन अनुसार काठमाडौँको समग्र एक्यूआई ९९ छ। हिजो बिहान यही सयममा एक्यूआई १५२ थियो।

यतिबेला वायु प्रदूषणको दृष्टिले कुबेत पहिलो र इराकको बग्दाज दोस्रो स्थानमा छन्। त्यसैगरी चीनको बेइजिङ तेस्रो स्थानमा छ। कुबेतको एक्यूआई यतिबेला ३९९७, बग्दादको ९४८ र बेइजिङको १६० छ।

विगत लामो समयदेखि पानी नपर्दा काठमाडौँको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको थियो। काठमाडौँ उपत्यका आसपासका जंगलमा लागेको डढेलो पनि वर्षाले निभेको छ।

केही दिनअघि काठमाडौँको एक्यूआई ३५२ सम्म पुगेको थियो।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ।

५१ देखि एक सयसम्मको एक्यूआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केत दिइन्छ। एक सय एकदेखि एक सय ५० सम्मको एक्यूआईलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्यूआइलाई अस्वस्थकर मानिन्छ।

दुई सय एकदेखि तीन सय सयसम्मको एक्यूआईलाई अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चारसय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ।

काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्यूआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com