काठमाडौं ३१ चैत । आज पनि देशका केही भागमा छिटपुट पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो पानी भने पर्ने सम्भावना नरहेको मौसमविदको भनाइ छ ।
महाशाखाका अनुसार अहिले पूर्वी नेपालका केही ठाउँमा पानी परिरहेको छ । विशेष गरी झापा, इलाम लगायतका ठाउँहरूमा हल्का पानी परिरहेको महाशाखाले जनाएको छ ।
आज कोशी प्रदेश, मधेस प्रदेश तथा देशका पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन, चट्याङसहित हल्का पानी र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्