ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

औसत रह्यो ०८१, नयाँ साल राम्रो गरौं – अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
३० चैत्र २०८१, आइतबार   १२ : ०५   बजे

काठमाडौं ३१ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक घटनाक्रमका हिसाबले २०८१ साल औसत भएको टिप्पणी गरेका छन् । साथै २०८२ सालमा राम्रो काम गर्नका २०८१ सालले आधार भने दिएको उनको बुझाइ छ ।

आज गृहजिल्ला चितवनमा पत्रकारहरुसँगको कुराकानीमा प्रचण्डले २०८१ सालको समीक्षा सुनाउँदै भने, ‘२०८१ सालमा सकारात्मक काम पनि भयो, नकारात्मक पनि भयो । समग्रमा भन्दा त्यस्तो उत्साहवर्द्धक भन्ने पनि भएन, धेरै निराशाजनक भन्ने पनि होइन ।’

अब नयाँ वर्षमा २०८२ सालमा जनता र राष्ट्रको आवश्यकता अनुसार अगाडि बढ्ने संकल्प गर्नुपर्ने उनले बताए ।

‘२०८१ ले २०८२ का लागि आधार भने दिएको छ, राम्रो काम गर्नका लागि,’ प्रचण्डले भने, ‘राजनीतिक दलहरुलाई आत्मसमीक्षा गर्नका लागि, आत्मालोचना गर्नका लागि र, जनता र राष्ट्रको आवश्यकता अनुसार अगाडि बढ्ने संकल्प गर्नको लागि पुरानो वर्षले आधार दिएको छ, नयाँ वर्षमा संकल्प गर्नु नै छ ।’

उनले सबै चितवनबासी, देशभरका नेपाली र विदेशमा बसोबास गर्ने नेपालीहरुलाई नयाँ वर्षको शुभकामना समेत दिए ।

पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा उनले नयाँ वर्षमा नयाँ सरकार बन्ने परिस्थिति बन्दै गएको जिकिर गरे ।

शिक्षक, डाक्टर, नर्स र राजनीतिक दलहरु समेत वर्तमान सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिएको भन्दै प्रचण्डले परिस्थिति निकै गम्भिर र पेचिलो बनेको विश्लेषण सुनाए । त्यसैले वर्तमान सरकार धेरै लामो समयसम्म नजाने बताउँदै उनले नयाँ सरकारमा माओवादी केन्द्रले भने ध्यान नदिएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोसीमा पुराना दललाई धक्का दिँदै श्रम संस्कृति पार्टीको आक्रामक संगठन विस्तार

प्रधानमन्त्री बालेनले आज भारतीय र चिनियाँ राजदूत भेट्दै, भोलि अमेरिकी दूतावासका अधिकारीसँग भेटवार्ता

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu