काठमाडौं ३१ चैत । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ले वर्तमान सरकार धेरै अगाडिसम्म नजाने परिस्थिति बनेको दाबी गरेका छन्।
आइतबार गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले आफूहरुको ध्यान सरकारमा जाने नभए पनि परिस्थिति त्यस्तै बन्दै गएको बताए।
‘सरकारतिर हाम्रो ध्यान छैन्,’ प्रचण्डले भने, ‘तर परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ। त्यसकारण कुनै पनि सम्भावना छ।’
प्रतिक्रिया दिनुहोस्