ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनसरीमा गोली हान्ने र घाइते हुने दुवै ‘तस्कर’, आरोपी २ जना पक्राउ


एबीसी न्यूज
२ बैशाख २०८२, मंगलबार   १२ : ५३   बजे

काठमाडौं २ बैशाख । सुनसरीमा सोमबार साँझ भएको गोली प्रहार घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

गोली प्रहारबाट सुनसरीको देवानगञ्ज गाउँपालिका( ७ का २१ वर्षीय शिवकुमार मेहता गम्भीर घाइते भएका छन्।

उनलाई गोली हान्ने मध्येका रवीनकुमार यादव र पिन्टु यादवलाई प्रहरीले पक्राउ गरेको हो। गोली प्रहार भएको बेला शिवकुमार मेहता पिन्टुले चलाएको मोटरसाइकलबमउ पछाडि सवार थिए।

गोली हान्ने मध्येका अर्का कामेश्वर यादव सहितका तीनजना फरार रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए।

यो घटना लेनदेनसँग समेत जोडिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

तिमल्सिनाका अनुसार घटनामा ६ जना संलग्न थिए। ती सबै आपराधिक पृष्ठभूमिका व्यक्ति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

‘हामी अहिले घटनाको थप अनुसन्धानको क्रममा छौँ,’ एसपी तिम्सिनाले भने, ‘गोली प्रहार गर्ने र घाइते हुने दुवैको पृष्ठभूमि विवादित देखिन्छ।’

पक्राउ परेकामध्ये एकजना एक महिनाअघि मात्र गाँजा तस्करीमा संलग्न व्यक्ति भएका समेत प्रहरीले गरेको छ।

‘उनीहरुबीच तस्करीको रुपैयाँको लेनदेनमा कुरा नमिल्दा पछिल्लो घटना भएको देखिएको छ। गोली हान्ने र घाइते हुने व्यक्तिहरू सीमानाकामा शंकास्पद गतिविधि गर्ने समूहका सदस्य हुन्,’ एसपी तिम्सिनाले भने।

पक्राउ परेका रवीन यादव यसअघि गाँजा तस्करीमा संलग्न रहेको पाइएको छ। उनी गाँजा तस्करीको आरोपमा पक्राउ परेर छुटेका थिए। गोली लागेर घाइते भएका शिवकुमार मेहताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गोली प्रहारमा संलग्न रहेका भनिएका अरु तीनजनाको खोजी भइरहेको प्रहरीको दाबी छ। घटनामा संलग्नहरूको सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group