ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजंघा महोत्सवको प्रचार


एबीसी न्यूज
२ बैशाख २०८२, मंगलबार   २ : ०७   बजे

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको सिरीजंघा पर्यटन महोत्सव २०८२ को लोबुचे हिमाल र कालापत्थर क्षेत्रबाट प्रचार गर्दै सहभागिताका लागि आव्हान गरिएको छ ।
समुन्द्र सतहबाट ६ हजार १ सय १९ मिटरको उचाईमा रहेको लोबुचे हिमालबाट सिरीजंघा पर्यटन महोत्सव २०८२ लेखिएको व्यानर प्रर्दशन गर्दै आरोही अमीर राईले भनेका छन्, “कंचनक्षेत्रमा आगामी बैशाख १३ देखि १५ गतेसम्म हुने सिरीजंघा पर्यटन महोत्सवमा हामी हार्दिक स्वागत तथा आमन्तण गर्न चाहन्छौं ।” यसअघि अमिर राईसंगै मनोज वस्नेतले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरको रुपमा रहेको कालापत्थर क्षेत्रबाट पनि उक्त महोत्सवको प्रचार गर्दै सिरीजंघा पर्यटन महोत्सवमा सहभागिताका लागि आव्हान गरेका थिए । कालापत्थर क्षेत्र ५ हजार २ सय ४२ मिटरको उचाईमा अवस्थित छ ।
विश्वको तेस्रो सर्वोच्च शिखर कंचनजंघा हिमश्रृखला अवलोकन गर्दै कंचनजंघा साहसिक पदमार्गको नयाँ झोरेनीमा आयोजना हुने सिरीजंघा पर्यटन महोत्सवअन्तर्गत कंचनजंघा साहसिक पदमार्ग अवलोकन, जलवायु परिवर्तनको स्थलगत अध्ययन, कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिता २०८२, चौरी, याक प्रवर्द्धन तथा प्रदर्शन, माउण्टेन साइकिलिङ, कला, साहित्य तथा संगीत कार्यक्रमहरु आयोजना हुनेछन् ।
२०८२ साल बैशाख १५ गते हुने हाफ म्याराथनका लागि समुन्द्र सतहबाट ३३ सय मिटरको उचाइमा अवस्थित नयाँ झोरनीबाट ४३०० मिटरको उचाइमा रहेको कस्तुरे ओडारसम्मको दूरी रहनेछ भने सहभागिताका लागि इच्छुक धावकहरुले बैशाख १३ गते दिउँसो १ बजेसम्म आफ्नो निवेदन सम्पर्क व्यक्तिहरु वा पालिकाको इमेलमा पठाइसक्नुपर्ने आयोजकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group