ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार रजकको हत्यारामाथि कारबाहीका लागि पहल लिन पत्रकार महासंघलाई सुझाव


एबीसी न्यूज
२ बैशाख २०८२, मंगलबार   ८ : ०२   बजे

काठमाडौं २ बैशाख । नेपाल पत्रकार महासंघले राजावादीको प्रदर्शनका क्रममा जलाएर हत्या गरिएका पत्रकार सुरेश रजक र प्रेस स्वतन्त्रताबारे सम्पादकहरूसँग छलफल गरेको छ।
मंगलबार नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा भएको छलफलमा सम्पादकहरुले दिवंगत रजकलाई न्याय दिन महासंघले नेतृत्व लिनुपर्ने सुझाव दिएका छन्।
छलफल अनलाइनखबर डटकमका सम्पादक वसन्त बस्नेतले राजावादीहरुको आन्दोलन लोकतान्त्रिक र शान्तीपूर्ण ढंगले गरिएको आन्दोलन नभएको भन्दै अहिले पत्रकारहरुमाथि ह्यारेसमेन्ट भइरहेको दाबी गरे।

‘नेपाल पत्रकार महासंघले नेतृत्व गरोस्, हामी साथ दिन तयार छौं,’ उनले भने, ‘अहिले पत्रकारहरुमाथि नै ह्यारेसमेन्ट भइरहेको छ। रिपोर्टिङ गर्न जाँदा हुने जटिलतामा पनि महासंघले विचार गरिदियोस्।’

कान्तिपुर पब्लिकेशनका उपसम्पादक जनकराज सापकोटाले सुरेश रजक मृत्यु प्रकरणलाई अपराधको रुपमा व्याख्या गर्दै न्यायिक माध्यमबाट न्यायका लागि पहल गर्न आग्रह गरे।
‘नेपाल पत्रकार महासंघले अभिभावकत्व लिएर सेफ्टी तालिमको व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘सुरेश रजकको घटनामा चाँही क्रिमिनल प्रोसिडिङ नै हो भन्ने हाम्रो माग हुनुपर्छ। महासंघले चाहीँ त्यसको छानविन गरेर क्षतिपुर्ति मात्रै माग गर्ने होइन कि त्यो क्राइम नै हो र त्यसको सत्यतथ्य छानविन गरेर दोषिलाई न्यायिक प्रोसेसबाट क्रिमिनलाइज गर्नुपर्छ।’

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सुरेश रजकको न्यायको लागि आवश्यक पहल भइरहेको जानकारी दिए। आइन्दा प्रदर्शनहरुमा समाचार संकलनका लागि पत्रकार पठाउँदा सजग रहनुपर्ने उनको भनाइ छ।

उनले सम्पादकहरुको सुझाव र सल्लाका आधारमा महासंघ अघि बढ्ने समेत जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group