ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई करोडको सुन-चाँदीसहित काठमाडौँबाट ९ भारतीय पक्राउ


एबीसी न्यूज
३ बैशाख २०८२, बुधबार   ७ : २८   बजे

काठमाडौं ३ बैशाख । प्रहरीले अवैध सुन र चाँदी जस्तो देखिने धातु र नगदसहित नौ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

वैशाख २ गते काठमाडौँका विभिन्न स्थानहरुमा सुन तथा चाँदीको अवैध कारोबार भई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँ र प्रहरी वृत्त बौद्वबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

विभिन्न सुन रिफाइनिङ एण्ड टंच सेन्टरहरूमा खानतलासी गर्दा एक किलो ७६।५१८ ग्राम सुन र १ किलो ८४५।४२९ ग्राम चाँदी बरामद भएको छ।

उक्त सुनको मूल्य एक करोड ७० लाख १० हजार ६० रुपैयाँ तथा चाँदीको मूल्य ३० लाख ९ हजार ९१ रुपैयाँ रहेको छ। यस्तै उनीहरूको साथबाट नेरु ८ लाख २७ हजार ५ सय र भारु ११ हजार ७ सय रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका मानिसहरूमा भारतको महारष्ट्र घर भई हाल काठमाडौँका विभिन्न स्थानमा बस्ने वर्ष ३० को नबनाथ बाकु कसीद, वर्ष २० को सन्दिप पोपट हजारे, वर्ष २२ को अन्सार दिलावर सिकल्गार, वर्ष १८ को सुरज राजेश मदने, वर्ष २१ को अरमान हनिफ ईनामदाय,वर्ष २२ को मनोज सुभाष सकट, वर्ष ३८ को अमोल कुमार गोस्ले,व र्ष २० को सुनिल मिटकरी र वर्ष २० को सुरज नन्दीवाली रहेका छन्।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि उक्त धातु र नगद सहित आन्तरिक राजश्व विभाग, हरिहर भवन ललितपुर पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group