ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं र ललितपुरका यी स्थानमा आज दुईदेखि आठ ‍घन्टासम्म विद्युत अवरूद्ध हुने


एबीसी न्यूज
१३ बैशाख २०८२, शनिबार   ७ : ५४   बजे

काठमाडौँ, १३ वैशाख। शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा दुईदेखि आठ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै काठमाडौंको रत्नपार्क वितरण केन्द्र र ललितपुरको पुल्चोक वितरण केन्द्रको विभिन्न फिडर अन्तर्गत पर्न स्थानहरूमा दुई घन्टादेखि आठ घन्टासम्म विद्युत अवरूद्ध हुने जानकारी दिएको छ।

ललतिपुरको पुल्चोक वितरण केन्द्रको खोकना फिडर अन्तर्गत पर्ने छम्पी, फर्सिडोल, जोर्खु, टोकलमाथ,खहरे,डुकुछाप,दनुवार बस्ती क्षेत्रमाशनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरूद्ध हुने भएको छ।

प्राधिकरणले एकान्तकुनास्थित रिङ रोडको पोल स्थानान्तरणका लागि उक्त फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती ठाउँहरूमा विद्युत अवरूद्ध हुने जनाएको छ।

काठमाडौंमा रत्नपार्क वितरण केन्द्रको बबरमहल फिडर, असन फिडर, महाबौद्ध फिडर, वीर हस्पिटल फिडर, नेपाल विद्युत प्राधिकरण फिडर, कमलादी फिडर, किंग्स वे फिडर, बागबजार फिडर, सिंहदरबार फिडर र नयाँ बजार फिडर अन्तर्गतका स्थानहरूमा पनि शनिबार विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

बबरमहल फिडर अन्तर्गत पर्ने खुल्ला मञ्च संगैं, सैनिक मञ्च हुदैं भद्रकाली, कृषि विकास बैंक, नेपाल आर्मी ब्यारेक, सुन्धारा टेलिकम अकासे पुल संगैं, महिलाजेल नजिकै टेलिकम अफिस हुदैं, भन्सार विभाग, रानीपोखरी प्रहरी कार्यालय सम्म बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।
ती स्थानमा के–२ स्विचिङमा मर्मत गर्नुपर्ने भएकाले फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ।

असन फिडर अन्तर्गत पर्ने रत्नपार्क बगैचाभित्र, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, ईन्द्रचोक, सुरज आर्केड अगाडी, मसला गल्लीको मोड सम्मका क्षेत्रमा पनि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

त्यस्तै महाबौध्द फिडर अन्तर्गत पर्ने महाबौध्द सव स्टेशन भित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सव स्टेशन भित्र, विशाल बजार अगाडी, गणेश स्थान ट्रमा हस्पिटल पछाडी केबुल हेड सम्मका क्षेत्रहरूका पनि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

वीर हस्पिटल फिडर अन्तर्गत पर्ने वीर हस्पिटल, ट्रमा सेन्टर, वीर हस्पिटल आसपासका क्षेत्र, प्राधिकरण फिडर अन्तर्गत पर्ने ने।बि।प्रा। कम्पाउण्ड, कमलादी फिडर अन्तर्गत पर्ने घण्टाघर जाने मसजिद, कमलादी गणेशस्थान, हेरीटेज प्लाजा, मार्कोपोलो होटेल हुदैं, ज्योती विकास बैंक अगाडि,कमल पोखरी, नेपाल प्रज्ञाप्रतिष्ठान, काठमान्डु प्लाजा अगाडि पुरानो ज्योति विकास बैंक अगाडि सम्म, किंग्स वे फिडर अन्तर्गत पर्ने जमल पुल अगाडि, विश्वज्योति हल एरिया, यलो प्यागोडा, अन्नपुर्ण होटेल भित्र सम्म, निर्वाचन आयोग अगाडिसम्म बिहान ८ बजेदिखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

त्यस्तै बागबजार फिडर अन्तर्गत पर्ने भक्तपुर बसपार्क, बागबजार, पुतलीसडक चोक, पुरानो बसपार्क, शंकरदेव क्याम्पस एरिया, सिंहदरबार फिडर अन्तर्गत पर्ने प्रदशनी मार्ग, सेसु, पुलिस क्लब, पद्मोदय मोड क्षेत्रमा पनि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

त्यसैगरी नयाँबजार फिडर अन्तर्गत पर्ने बिष्णुमती नदी पूर्व नयाँबजारबाट सोह्रखुटे ओरालो हुँदै म्हैपी मन्दिर पूर्व भाग मनाङे गेट, भ्याली कोल्ड स्टोर, बखतीपोखरी, इन्द्रायणी मन्दिर आसपास बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

काम तोकिएको समयभन्दा अगाडि सकिए निर्धारित समयअगाडि नै विद्युत सेवा सुरू हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group