हेटौँडा, ९ चैत । प्रदेश नंं ३ को प्रदेशसभा सचिवालयमा तीन विधेक दर्ता भएका छन् ।
प्रदेशसभाको यही चैत १३ गते बस्ने बैठकमा सार्वजनिक खरिद प्रमाणीकरण, आर्थिक र मुृख्यमन्त्री तथा मन्त्रिपरिषद् सञ्चालन एवं कार्यसम्पादनसम्बन्धी ती विधेयक पेश गरिने सचिवालयले जनाएको छ ।
चैत १२ गते कार्यव्यवस्था परामर्श समितिको बैठक बसी चैत १३ गतेको बैठकमा दफावार छलफलपछि विधेयक पारित गर्ने तयारी भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्