ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा


abc news
३१ बैशाख २०८२, बुधबार   ११ : ३९   बजे

काठमाडौ ३१ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा पेशी तोकिएको छ।

यसअघि हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पर्दा यो निवेदनमा सुनुवाइ हुन सकेको थिएन।

यही वैशाख ९ मा न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले रविको निवेदनमा कारण देखाउ आदेश जारी गरेको थियो। त्यसपछि यो निवेदनको अन्तिम किनारा लाग्न सकेको छैन।

सुप्रिम सहकारी ठगीको मुद्दामा लामिछाने अहिले रुपन्देही कारागारमा छन्। उनलाई जिल्ला अदालतले एक करोड रुपैयाँ धरोटीमा हिरा गर्न आदेश दिएको थियो।

तर उक्त आदेश बदर गर्दै उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। आदेश लगतै लामिछानेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले निवासबाटै पक्राउ गरेर हिरासतमा राखेको थियो।

त्यसको भोलिपल्ट रुपन्देही लगेर उनलाई कारागार चलान गरिएको थियो। तर रवि पक्राउ र कारागार चलानको विषयमा प्रस्न उठाउँदै उनकी पत्नी निकिता पौडेलले बन्दी प्रत्यक्षीकरण निवेदन दायर गरेकी हुन्।

उनको निवेदनमा रविलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहा गर्न माग गरिएको छ।

यस्तै उनीसँगै कारागारमा रहेका छविलाल जोशीको निवेदन पनि सँगै पेशी तोकिएको छ। छविलाई भने जिल्ला अदालतले नै थुनामा पठाएको थियो।

आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दुवैले सर्वोच्चमा निवेदन दिइसकेका छन्। ती निवेदन पनि साथै राखेर सुनुवाइ गर्ने गरी पेशी तोकिएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group