ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको ब्यूरोक्रेसीलाई हामीले नै लोभी बनाएका छौँ – शंकर पोखरेल


abc news
१ जेष्ठ २०८२, बिहिबार   ५ : १८   बजे

काठमाडौ १ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार गर्न आवश्यक रहेको बताएका छन्।

काठमाडौँमा नेकपा एमालेले आयोजना गरेको नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेटको सन्दर्भमा राजनीतिक पार्टीले लिनुपर्ने पहलकदमी सम्बन्धमा निजी क्षेत्रका व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकमा बलियो राज्यको सरकारको निर्माण नभएसम्म सुधारको प्रक्रिया कमजोर हुने जिकिर गरे।

‘जबसम्म मुलुकमा एउटा बलियो राज्यको निर्माण हुँदैन, सुधारको प्रक्रिया कमजोर हुन्छ भन्ने अर्थमा हामीले बलियो निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्नेकुरा, यो मिलिजुली सरकार होइन,’ पोखरेलले भने, ‘बलियो सरकार निर्माण गर्ने दिशातर्फ मुलुलाई लैजानुपर्छ भन्ने अर्थमा दुई वटा पार्टी मिलेर आउने चुनाव एमाले वा कांग्रेसले जितेपनि, जसले जितेपनि पाँच वर्ष नै सरकार चलाउने खालको आधार तयार गर्नुपर्दछ भन्ने मान्यता किन बनाएका छौँ। तर तपाईंहरु जबसम्म राष्ट्रिय पार्टीहरुलाई बलियो बनाउनु पर्दछ भन्नेकुरामा निजी क्षेत्र एक भएर उभिँदैन,तबसम्म यि कुरा कठिन छन्।’

प्रशासनिक झमेला र सुधारमा सबैले समस्या व्यहोरिरहेको भन्दै उनले नेपालको ब्यूरोक्रेसीलाई लोभी बनाउने काम राजनीतिक दल र निजी क्षेत्र नै रहेको आरोप लगाए।
‘नेपालमा हरेक क्षेत्रले व्यहोरिरहेको समस्या हो, नेपालको ब्यूरोक्रेसीलाई लोभी कसले बनायो भन्दा तपाईं हामीले बनाएका छौँ,’ पोखरेलले भने, ‘अर्कोतिर इमान्दार भनिएकाहरु कस्ता छन् भने कामै नगरी बिताउने खालका छन्। भ्रष्टहरुले कति भ्रष्टाचार गर्छन् होला भन्दा लगानीको १५ प्रतिशतसम्म आर्जन गर्दछन् होला। नोक्शान पुर्‍याउँछन् होला। तर विलम्व गर्नेले शतप्रतिशत नोक्शान पुर्‍याउँछ। अर्थात लागत दुई गुणा वृद्धि गर्दिन्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group