ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृह जिल्लामा प्रचण्डलाई देउवाले गरे स्वागत


abc news
२ जेष्ठ २०८२, शुक्रबार   ९ : १७   बजे

काठमाडौं, २ जेठ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले गृह जिल्लामा स्वागत गरेका छन् ।

माओवादी केन्द्रको मध्य पहाडी लोकमार्गको अभियानको लागि डडेल्धुरा पुृगेका प्रचण्डलाई देउवाले टेलिफोन मार्फत स्वागत गरेका हुन । आज विहान देउवाले आफ्नो जिल्ला पुगेका अध्यक्ष प्रचण्डलाई टेलिफोन गरि स्वागत गर्दै अभियानको बारेमा समेत सुभकामना ब्यक्त गरेको बताईको छ । आज देखि माओवादी केन्द्रको मध्य पहाडी लोकमार्ग अभियान वैतडीको पाटनमा अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अभियानको टोली २ गते बैतडीको पाटनमा जनसभा र डोटी दिपायल जनसंवाद, ३ गते अछाम मंगलसेन जनसंवाद, ४ गते दैलेख सदरमुकाम जनसभा गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै, जेठ ५ गते जाजरकोट खलंगा जनसंवाद, ६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद, ७ गते पूर्वी रुकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थबाङमा जनसभा, ८ गते बागलुङ जनसंवाद, ९ गते पर्वत कुस्मामा जनसंवाद र १० गते पोखरा जनसभा गर्ने माओवादीको तयारी छ ।

अभियानको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् । अभियानमा प्रचण्डसहित पार्टीका अन्य पदाधिकारीहरु पनि जानेछन्। तराई मधेश जागरण अभियानले पार्टीप्रति जनताको आकर्षण बढेको निष्कर्षसहित माओवादीले दोस्रो चरणमा यो अभियान सुरु गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुनको भाउमा सामान्य करेक्सन, तोलामा १,२०० रुपैयाँ घट्यो

कालीमाटीमा केही तरकारीको भाउ घट्यो, च्याउ र साग महँगियो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu