ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुम्लामा चिकित्साशास्त्र स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण हुँदै


admin
११ चैत्र २०७४, आइतबार   ४ : ४६   बजे

सुर्खेत, ११ चैत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका लागि चिकित्साशास्त्र स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण कार्य शुरु गरिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहलमा पाठ्यक्रम निर्माण गर्न थालिएको हो । आज यहाँ आयोजित पाठ्यक्रम निर्माण कार्यशाला गोष्ठीको उद्घाटन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दलबहादुर रावलले चिकित्साशास्त्रका अब्बल व्यक्तित्वको जमघटबाट उत्कृष्ट पाठ्यक्रम निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।

मुलुकका लागि बेरोजगारी बढाउने नभई गरिखाने शिक्षा आवश्यक रहेकामा मन्त्री रावलले जोड दिनुभयो । “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई यो प्रदेशको छाता स्वास्थ्य संस्थाका रुपमा विकास गरी राजधानी सुर्खेतमा शिक्षण अस्पताल निर्माण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

तीन सय शय्याको अस्पताल प्रतिष्ठान जुम्लामा बनिसकेकाले सुर्खेतमा हाललाई ४०० शय्याको अस्पताल निर्माणमा जोड दिएर राजधानीबाट सेवा लिने जनताको आवश्यकता परिपूर्ति गर्ने वचन उहाँले दिनुभयो । प्रतिष्ठानको दिगोपनाका लागि भूगोल, जनता र राजनीतिक अपनत्व आवश्यक रहेको उहाँको तर्क थियो ।

मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतका सुपरिटेन्डेन्ट डा डम्बर खड्काले क्षेत्रीय अस्पताल शुरु भएको १२ वर्षसम्म ५० शय्यामै खुम्चिएको गुनासो गर्नुभयो । क्षेत्रीय अस्पतालका लागि अहिले प्रतिष्ठान जुम्लाका डाक्टरको सहयोग प्राप्त भइरहेको जनाउँदै डा खड्काले अब डाक्टरहरु गरीबको घरदैलोमा पुगेर सेवा दिलाउन दायित्व बोध गराउने नीतिको आवश्यक छ भन्नुभयो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रो डा भरत यादवले कर्णाली प्रदेशको स्वास्थ्य आवश्यकतालाई सम्बोधन हुनेखालको पाठ्यक्रम तयार गर्नुपर्ने सुझाव दिनुभयो । एमडी जनरल प्राक्टिक्स पाठ्ययक्रमको महत्व र इतिहासबारे जानकारी गराउँदै उहाँले विकटमा बसेर काम गर्ने डाक्टरहरुको कामको सराहना गर्नुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन मोदनाथ मरहठ्ठाले एमडी जनरल प्राक्टिसलाई विशेष महत्व दिएर पाठ्यक्रम तयार गर्ने लक्ष्यका साथ नेपालभरिका विज्ञ चिकित्सबीच कार्यशाला गोष्ठी गरिएको बताउनुभयो । डा मरहठ्ठाले भन्नुभयो, “विसं २०७५ को वैशाखदेखि मिडवाइफ्री तह सञ्चालन गर्दैछौँ र बिपिएच तह पाइपलाइनमा रहेको छ ।”

पाठ्यक्रम विकास समितिका संयोजक डा अरुण पौडेल, सदस्य सचिव डा सञ्जीव तिवारी, नेम्सका प्रो डा न्हुछेमान डंगोल, प्रतिष्ठान जुम्लाका प्रो डा धर्मराज श्रेष्ठसहित डाक्टरको टोलीबाट पाठ्यक्रम निर्माण भइरहेको छ । कार्यशाला गोष्ठीमा पाटन, नेम्स, बिपी कोइराला स्वास्थ्य विज्ञान, कर्णाली स्वास्थ्य विज्ञान र देशका अन्य प्रतिष्ठित अस्पतालका विज्ञ डाक्टरको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group