ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छानबिन समिति बनाउने लिखित प्रतिबद्धता आए विपक्षीले संसद् चल्न दिने


abc news
२९ जेष्ठ २०८२, बिहिबार   ५ : ५३   बजे

काठमाडौ २९ जेठ । प्रमुख प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बनाउने लिखित प्रतिबद्धता आए संसद् खोल्न तयार रहेको बताएका छन् ।

दिउँसो बसेको प्रतिपक्षी दलहरूको बैठकले सत्ता साझेदार दलहरूले समिति बनाउन लिखित प्रतिबद्धता गरे संसद् चल्न दिने निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रमुख सचेक हितराज पाण्डेले जानकारी दिए ।

प्रतिपक्षी दलहरूको यही निष्कर्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुखलाई सुनाएका थिए ।

सभामुखले सत्ता पक्षका दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूलाई सुनाएपछि अहिले आफ्नो धारणा तय गर्न ती दुई दलको बैठक बसिरहेको छ । सत्ता पक्षका दलहरू छानबिन समिति बनाउन नहुनेमा छन् ।

प्रतिपक्षी दलहरू भने एक कदम पछि हटेर अहिले तत्काल छानबिन समिति नबनाए पनि छानविन समिति बनाउने प्रतिबद्धता आए संसद खोल्न सकिने बताएका हुन् ।

प्रतिपक्षी दलहरूको प्रस्तावमा सत्ता पक्षले छलफल गर्नुपर्ने भएपछि प्रतिनिधि सभाको बैठक साढे ५ बजेसम्मका लागि सरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल–चीन सीमावर्ती बाढीमा ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन

घर छैन, आफन्तको अत्तोपत्तो छैन : बेत्रावतीका बाढीपीडितको पीडा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu