ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालखबरको समाचार हटाउने आदेशप्रति काउन्सिलको ध्यानाकर्षण, प्रेस स्वतन्त्रताको उपयोगमा अवरोध नगर्न आग्रह


abc news
२९ जेष्ठ २०८२, बिहिबार   ६ : ३६   बजे

काठमाडौ २९ जेठ । मुलुकभरका सञ्चार माध्यम तथा पत्रकारहरूको नियामक निकाय प्रेस काउन्सिल नेपालले विधिपूर्वक प्रेस स्वतन्त्रताको उपयोगमा अवरोध नगर्न आग्रह गरेको छ।

पछिल्लो समय सञ्चार माध्यमबाट सम्प्रेषित समाचार हटाउन भएको जिल्ला अदालतको आदेश, पत्रकारले प्रयोग गरेका सामाजिक सञ्जालमा राखिएका सामग्रीका विषय र पत्रकार पकाउ पूर्जीबारे आएका विषयवस्तुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै काउन्सिलले प्रेस स्वतन्त्रताको उपयोगमा बाधा नपुर्‍याउन आग्रह गरेको हो।

बिहीबार काउन्सिलले एक विज्ञप्ति जारी गरी सञ्चार माध्यममा सम्प्रेषित सामग्रीबाट मर्का पर्ने पक्षले काउन्सिलमा उजुरी गर्न सक्ने र काउन्सिलको निर्णय चित्त नबुझेपछि अदालत जान सकिने भन्दै उसले आफ्नो क्षेत्राधिकारप्रति पनि ध्यानाकर्षण गराएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासबाट जेठ २७ गते एकतर्फी सुनुवाइका आधारमा यस नेपालखबर डटकम र बिजमान्ड डटकममा प्रकाशित समाचार हटाउन र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठका सम्बन्धमा थप समाचार नलेख्न आदेश भएको थियो।

एकपक्षीय सुनुवाइका भरमा गरिएको उक्त आदेश संविधानमै व्यवस्थित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी मौलिक हक तथा प्रेस काउन्सिलको क्षेत्राधिकारमाथिको अतिक्रमण ठहर गर्दै सञ्चार सम्बद्ध तथा अधिकारवादी संस्थाहरूले विरोध जनाएका छन्। देशभरका पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघले समाचार हटाउने संविधानविपरीतको आदेश पुनर्विचार गर्न आग्रह गर्दै विज्ञप्ति प्रकाशित गरिसकेको छ। महासंघले नेपाल बार एसोसिएसन लगायत विभिन्न पेसागत संघसंस्थासँगको सहकार्यमा अदालतको उक्त कदम सच्याउन उचित उपचारका लागि पहल गरिरहेको छ।

सम्पादकीय नोट( धितोपत्र बोर्डका अध्यक्षसम्बन्धी सामग्री हटाउने आदेश संविधानमाथिकै अतिक्रमण
सञ्चार माध्यमको अनुगमन र नियमनको क्षेत्राधिकार आफूमा निहित रहेको स्मरण गराउँदै प्रेस काउसिल नेपालका तर्फबाट सहप्रशासकीय अधिकृत रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘समग्रमा प्रेस काउन्सिल नेपाल प्रेस स्वतन्त्रताको संरक्षण, संवर्धनमा सदैव प्रतिबद्ध हुनुका साथै प्रेस स्वतन्त्रताको दुरूपयोग हुन नदिनेतर्फ समेत सचेत र क्रियाशील रहँदै आएको छ। सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीबाट मर्का पर्ने पक्षले काउन्सिलमा उजुरी गर्न सक्ने र काउन्सिलको निर्णय चित्त नबुझेमा अदालतमा जान सकिने हुँदा यसतर्फ समेत सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराइन्छ। यस्तै सञ्चार माध्यम र पत्रकारले सत्य, तथ्य र सन्तुलित एवं विश्वसनीय पत्रकारिताको माध्यमबाट यसको व्यावसायिक अभ्यासलाई उच्च पेसागत मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउँदै प्रेस स्वतन्त्रताको दुरूपयोग हुन नदिनेतर्फ सजगता अपनाउनसमेत काउन्सिल आग्रह गर्दछ। साथै विधिपूर्वक प्रेस स्वतन्त्रताको उपयोग गर्ने सन्दर्भमा कुनै बाधा, अवरोध नगर्नरनगराउन, प्रेस स्वतन्त्रताको उपयोग गर्ने वातावरण निर्माण गर्नरगराउन काउन्सिल सम्बन्धित पक्षलाई आग्रह गर्दछ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group