रुपन्देही, १४ चैत । प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलको मोवाइल एप्स र वेब साइट आज बुटवलमा सार्वजनिक भएको छ ।
प्रदेशमा रहेका सानाठूला सबै प्रमुख आयोजनाको अद्यावधिक स्थितिबारे जानकारी दिन, जनताबाट आएको गुनासो कार्यान्वयन गर्न, मुख्यमन्त्रीका प्रमुख दैनिक कार्यक्रमको सूचना दिन एप्स वा वेब साइट सार्वजनिक गरिएको हो ।
सो अवसरमा मुख्यमन्त्री पोखरेलले पारदर्शिता र सुशासन कायम राख्न सूचना प्रविधिको उपयोग भएको जानकारी दिँदै जनतासँग साक्षात्कार गर्न समेत एप्स वा साइट प्रभावकारी हुने बताउनुभयो ।
सो वेब साइट www.pradesh–5.com मा गएर हेर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्