ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणगढ–बुटवल सडकको दाउन्ने–दुम्कीवास खण्डमा रातमा १० घण्टा गाडी चलाउन रोक


abc news
७ असार २०८२, शनिबार   १२ : २१   बजे

काठमाडौ ७ असार । नारायणगढ–बुटवल सडकको नवलपरासी बर्दघाट सुस्तापूर्व को दाउन्ने–दुम्कीवास विनयी खोला खण्डमा रातमा १० घण्टा गाडी चलाउन रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निर्माणाधीन सडकको दुम्कीवास विनयी खोला क्षेत्रमा आजदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका गाडी चलाउन रोक लगाउने निर्णय गरेको र त्यसै अनुसार आजदेखि कार्यान्वयन गरिने सडक आयोजना निर्देशनालयले सूचना निकालेर जानकारी दिएको छ ।

विनयी खोलामा छिट्टै नयाँ पुल सञ्चालनमा ल्याउने र दाउन्ने क्षेत्रमा ग्राबेल राखेर सडक मर्मत गर्ने काम भइरहेको आयोजनाले जनाएको छ । यो खण्डमा यसअघि नै ठूला तथा मालवाहक गाडी चलाउन रोक लगाइएको छ ।

सडक बन्द हुँदा सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ । दुम्कीवासमा विकल्पको रूपमा साना गाडीले होङ्सी सिमेन्ट गेट हुँदै सर्दीबाट दुम्कीवास बजार निस्कने सडक प्रयोग गर्न सक्छन् ।

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने भएको छ । पानी पर्ने बित्तिकै खोलामा बाढी आउने र डाइभर्सन बगाउने समस्या छ ।

गएको पुस अन्तिम हप्ता दुम्कीवास पुल भाँचिएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो ।

अस्ति बिहीवार राति विनयी खोलामा डाइभर्सनबाट जाँदै गरेको बस नै खोलाले बगाएपछि अब डाइभर्सन निर्माण नगर्ने निर्णय भएको नवलपरासी ९बर्दघाट सुस्तापूर्व० का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार विनयी खोलामा अब नयाँ बन्दै गरेको पुललाई नै छिटो सञ्चालन गर्ने निर्णय भएको छ । रातिको समयमा ठूला साना कुनै पनि गाडी यो खण्डमा चलाउन नसकिने निष्कर्षमा पुगेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । दाउन्ने सडक मर्मत र विनयी खोलामा पुल सञ्चालनपछि मात्रै पूर्ववत् रूपमा गाडी चलाउन सकिने उहाँको भनाइ छ ।

देशकै प्रमुख राजमार्गको रूपमा रहेको पूर्व–पश्चिम राजमार्गको यो क्षेत्र अहिले जोखिमपूर्ण र अस्तव्यस्त हुँदा यात्रु र चालकले सास्ती खेप्दै आएका छन् ।

२०७५ देखि विस्तारको नाममा भत्काइएको नारायणगढ–बुटवल सडक खण्डको दाउन्नेरदुम्कीवासमा बर्खा लागेसँगै समस्या थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group