ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवन दुर्घटनामा घाइतेको पहिचान खुल्यो


abc news
७ असार २०८२, शनिबार   ६ : १७   बजे

काठमाडौ ७ असार । चितवनको राप्ती नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान यात्रुवाहक बस र इभी भ्यान ठोक्किँदा भएको दुर्घटनामा घाइते भएका २४ जनाको पहिचान खुलेको छ। घटनामा ७ जनाको मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इभी भ्यान शनिबार बिहान करिब ११ बजे ठोक्किँदा सो दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका २४ जनाको नाम चितवन प्रहरीले सार्वजनिक गरेको छ। घाइते हुनेहरूमा हेटौंडा उपमहानगरपालिका–८ की ३४ वर्षीया गंगा घलान गम्भीर घाइते भएकी छन्।

मध्यम घाइतेहरूमा हेटौंडा–१३ का १६ वर्षीय सक्षम थापा, हेटौंडा–१२ का ३२ वर्षीय सिंहबिर घलान, हेटौंडा–४ का ३१ वर्षीय बिष्णु लम्साल, झापा गौरादह–९ की ६५ वर्षीया सुशीला बराल, र कञ्चनपुर बेलौरी–४ का ४८ वर्षीय वीरबहादुर जैसी रहेका छन्।

सामान्य घाइतेहरूमा झापा गौरादह–९ की ६७ वर्षीया उमा बराल, झापा गौरादह–६ का ७० वर्षीय टिका न्यौपाने, झापा दमक–८ की ८३ वर्षीया लक्ष्मी पौडेल, झापा मेचीनगर–१५ का २३ वर्षीय प्रवेश सौरेन, कञ्चनपुर पूरनवास–६ की ७० वर्षीया चन्द्रकुमारी थापा र ६९ वर्षीय जम बहादुर थापा, कैलाली लम्कीचुवा–८ का ४५ वर्षीय जम बुढा, लम्कीचुवा–१ का ३७ वर्षीय लोकेन्द्र बुढा र ४८ वर्षीय बलसिंह बुढा, कैलाली गोरीगंगा–११ का ३२ वर्षीय सुरेश बोगटी, कैलाली गोदावरी–४ का ३४ वर्षीय महेश चौधरी, मोरङ बेलबारी–७ का २७ वर्षीय सुमन चौधरी, रौतहट चपुर–७ का ४५ वर्षीय वुलटन साह कानु, सप्तरी राजविराज–५ का ५६ वर्षीय श्रीचन्द्र राय, कालिकोट पलाता–४ का ५३ वर्षीय रत्न बुढा, अछाम साफेबगर–१० का ३२ वर्षीय अर्जुन बहादुर राउत, रुकुम पश्चिम आठबिसकोट–९ का ३० वर्षीय सन्देश ओली, र मकवानपुर बकैया गाउँपालिका–४ की २६ वर्षीया अनिसा घिमिरे छन्।

घाइतेहरूको चितवन मेडिकल कलेज, पुरानो मेडिकल र भरतपुर अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि पूर्व–पश्चिम राजमार्गको उक्त खण्डमा सवारी आवागमन अवरुद्ध भएको थियो। इलाका प्रहरी कार्यालय भण्डारा, खैरहनी र टाँडीबाट खटिएको टोलीसहित ४५ जना सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो।

दुर्घटनामा परेका सवारीसाधन हटाएर राजमार्ग दिउँसो १२ः ०५ बजेपछि सञ्चालनमा ल्याइएको थियो। मृतकको सनाखत र विस्तृत विवरण संकलनको कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group