ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार माथिको दुर्व्यवहार प्रति महासंघको आपत्ति, दोषीमाथि कारबाहीको माग


abc news
७ असार २०८२, शनिबार   ६ : १८   बजे

काठमाडौ ७ असार । नेपाल पत्रकार महासंघले देशका विभिन्न जिल्लामा सञ्चारकर्मीमाथि भइरहेका दुर्व्यवहार, समाचार संकलनमा रोक र सामाजिक सञ्जालमार्फत धम्की दिने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शनिबार महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा यस्ता घटनालाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेपका रूपमा लिँदै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ।

महासंघको गुल्मी शाखाका अनुसार बी टेलिभिजन तथा रेडियो नेपालका पत्रकार सूर्य सुनारमाथि असार ५ गते भिडियो खिच्ने क्रममा मुसिकोट नगरपालिका वडा नं। १, २ र ३ का जनप्रतिनिधिहरू(आनन्द श्रेष्ठ, रविन्द्र केसी र थम्मनबहादुर जिसीले दुर्व्यवहार गरेका थिए। त्यस्तै, प्रहरी हवल्दार अशोक धवलसहित नगर प्रहरीहरूले पत्रकार सुनारलाई खिचिएको भिडियो हटाउन दबाब दिएका थिए।

यस्तै, मकवानपुरमा पनि सोही दिन प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले पत्रकारलाई फोटो तथा भिडियो खिच्न रोक लगाएको महासंघको मकवानपुर शाखाले जनाएको छ। नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले ज्ञापनपत्र बुझाउने कार्यक्रममा समाचार संकलनका लागि पुगेका पत्रकार भावना रिजाल, गणेश दुलाल र मनिल महतोलाई रोकेको थियो।

त्यसैगरी, तनहुँमा असार ३ गते प्रेस अनलाइनका कार्यकारी सम्पादक तथा महासंघका कार्यसमिति सदस्य विकास खनाललाई ऋषिङ गाउँपालिकाबाट समाचार संकलन गरेर फर्कने क्रममा स्थानीय विवेक श्रेष्ठले सामाजिक सञ्जालमार्फत धम्की दिएका थिए। उक्त धम्कीमा अमर्यादित र अपशब्द प्रयोग गरिएको शाखाले जनाएको छ।

महासंघले प्रेस स्वतन्त्रता कुन्ठित गर्ने यस्ता हर्कतलाई अत्यन्त निन्दनीय भन्दै सबै घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ। साथै, सञ्चारकर्मीहरूलाई निर्वाध र सुरक्षित पत्रकारिता गर्न सक्ने वातावरण निर्माणका लागि तुरुन्त कदम चाल्न सरकार र सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।

यस्ता गतिविधिहरूको पुनरावृत्ति हुन नदिन आवश्यक कानुनी र प्रशासनिक व्यवस्था मिलाउन पनि महासंघले जोड दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group