ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुम्लाको चङ्खेलीमा एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध


abc news
८ असार २०८२, आइतबार   ११ : ११   बजे

काठमाडौ ८ असार । हुम्लाको चङ्खेली गाउँपालिकामा एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा त्यहाँका स्थानीयबासी सञ्चारसेवाबाट वञ्चित भएका छन् । चङ्खेली गाउँपालिका–६ मा रहेको मेल्छामको मासिधारामा रहेको टावर बिग्रेका कारण गएको असार १ गतेदेखि सञ्चार सेवा अवरुद्ध भएको स्थानीय हिराबहादुर शाहीले बताउनुभयो ।

टेलिफोन सेवा अवरुद्ध हुँदा मेल्छाम, मासिधारा, दार्मा, पुमालगायत गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् । यस्तै जिल्लाको तल्लो भेगमा रहेको अदानचुली गाउँपालिकामा टेलिफोनमा समस्या देखिएको छ ।

फोन नलाग्ने र फोन गर्न खोज्दा काटिने स्थानीयबासी कुसुम बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महिनादेखि टेलिफोनले काम गरिरहेको छैन, जिल्लाबाहिर रहेका आफन्तसँग फोनमा राम्रोसँग कुराकानी हुन पाएको छैन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

८ दलको ‘अग्रगामी मोर्चा’ घोषणा, संघीयता र पहिचानको एजेन्डामा साझा अभियान[पूर्णपाठ]

‘सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’ : प्रधानमन्त्री बालेनलाई रास्वपाका नेता मनीष झाको जबाफ

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu