ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधि सभामा २६ औं दिन पनि रास्वपा र राप्रपाको विरोध


abc news
८ असार २०८२, आइतबार   १२ : ५३   बजे

काठमाडौ ८ असार । आइतबार पनि प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विरोध गरेको छ ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर राखेर विपक्षी दलहरूले जेठ १३ गतेदेखि विरोध गर्दै आएका छन् ।

३० जेठमा दुई बुँदे सहमति गरेर माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी संसद्को कारबाहीमा सरिक भएका छन् । तर, रास्वपा र राप्रपा निरन्तर विरोधमा छन् । आज २६ औं दिनमा पनि विरोध जारी राखेको छ ।

बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध गरे । सभामुखले समय दिएपछि रास्वपाका सांसद असिम शाहले एक महिनादेखि संसद्मा नाटक मञ्चन भइरहेको बताए ।

मानव तस्करी जस्तो विषयमा सरकार गम्भीर नभएको उनले आरोप लगाए । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति वा उच्च स्तरीय छानबिन समिति गठन हुनुपर्ने उनको माग छ ।

विगतका एक जना सांसद संसद्मा उभिए पनि विरोध हुने र कुनै पनि मन्त्रीमाथि प्रश्न उठेपछि राजीनामा आउनुपर्ने भनेर गृहमन्त्री रमेश लेखकले भन्ने गरेको उनले स्मरण गरे । तर, आफैँमाथि गम्भीर प्रश्न उठ्दा समेत राजीनामा नदिएको बताए ।

राप्रपाका सांसद धवल शम्शेरले सरकार किन भिजिट भिसा प्रकरणमा छानबिनका लागि तयार भएन भनेर प्रश्न गरे ।

रास्वपा र राप्रपाको विरोधका बाबजुत सभामुखले संसदको कामकारबाही अगाडि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group