ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७५ करोडमा गणेशमान सिंहको सम्मान साट्नेगरी बजेट आयो – सूर्य थापा


abc news
८ असार २०८२, आइतबार   २ : १८   बजे

काठमाडौ ८ असार । सत्तारुढ नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले दिवंगत नेता गणेशमान सिंहको सम्मानलाई केही बजेटमा साट्न खोजिएको भन्दै त्यो गलत भएको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै थापाले जनआन्दोलनको सर्वोच्च कमाण्डरलाई केही करोड कममा मात्रै सीमित गर्न नहुने बताए।

‘लौह पुरुष गणेशमान सिंह, २०४६ सालको जनआन्दोलनको सर्वोच्च कमाण्डर गणेशमान सिंह,’ थापाले भने, ‘उहाँलाई म शिर झुकाएर सम्मान गर्छु। तर, सहरी बिकास मन्त्रालयको बजेट हेर्छु त गणेशमान सिंहको सम्मान केही केही जिल्लामा केही केही छरिएको रकममा खोज्न चाहेको पाएँ मैले।’

उनले थपे, ‘प्रकाशमान सिंह उहाँको छोरा हुनुहुन्छ भनेर साथीहरुले सुनाउनुभयो। हुनुहुन्छ कि हुनुहुन्न मलाई त्यो थाहा छैन। तर, झण्डै ७५ करोड रकममा गणेशमान सिंहको सम्मानलाई साट्नेगरी बजेट बिनियोजन भएको छ। यो गलत भएको छ। यो खालको गर्नु गलत भएको छ।’

गणेशमान सिंहको सम्मान नहुने योजनाम समेत नाम जोडेर कतिपय योजना आएको भन्दै थापाले आश्चर्य प्रकट गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group