ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अहिलेका अर्थमन्त्री र सहरी विकासमन्त्री फेरि संसद्‌मा नआऊन् भन्दै कांग्रेस सांसदले गरे रोस्ट्रममै प्रार्थना


abc news
८ असार २०८२, आइतबार   ५ : २२   बजे

काठमाडौ ८ असार । आगामी आर्थिक वर्षको बजेटका विषयमा प्रतिपक्षी दलसँगै सत्तारुढ दलका सांसदहरूले पनि आपत्ति जनाइरहेका छन्। बजेटजति मन्त्रीका क्षेत्रमा मात्रै लगिएको आरोपसहित सांसदहरूले मन्त्रीमाथि टिप्पणी गरिरहेका हुन्।

आज आइतबार सत्तारु‌ढ कांग्रेस सांसद पूर्णबहादुर तामाङले उपप्रधान तथा सहकारी विकासमन्त्री प्रकाशमान सिंह र अर्थमन्त्री विष्णु पौडेल आगामी निर्वाचनबाट संसद्‍मा नआऊन् भनेर प्रतिनिधिसभाको रोस्ट्रमबाट नै प्रार्थना गरे।

बजेट विनियोजनमा सिंह र पौडेलले मन्त्रालयगत आयोजना वितरण गर्दा आ(आफ्ना निर्वाचन क्षेत्र र जिल्लालाई मात्रै केन्द्रित गरेको उनको आरोप छ। सिंहले काठमाडौं र पौडेलले रुपन्देहीमा मात्रै बजेट केन्द्रित गरको तामाङको भनाइ थियो। २०८४ को चुनावमा यी दुईवटै उपप्रधानमन्त्री यो हाउसमा नआओस् भन्ने कुरा बुद्ध भगवान र पशुपितिनाथसँग प्रार्थना गर्छु, उनले भने।

यहाँहरूले ३ करोडभन्दा मुनीको बजेट विनियोजन नगर्ने भन्नुभएको होइन, उपप्रधानमन्त्रीहरूलेरु आज काठमाडौं जिल्लामा २ लाखदेखि २ करोडसम्मका १५० योजना छन् । रुपन्देहीमा ७९ वटा हाल्नेरु यसरी चल्छ रु, उनले सोधे।

सिंहले सहरी विकास मन्त्रालयका २०७ योजना काठमाडौं जिल्लामा मात्रै राखेको र अन्य जिल्लामा वितरण नगरेको उनको आरोप छ। सिंह र तामाङ दुवै कांग्रेसका सांसद हुन्।

सिंहविरुद्ध पार्टीको आगामी महाधिवेशनमा प्रश्न उठाउने पनि तामाङको भनाइ छ।

तपाईं प्रधानमन्त्रीको लाइनमा रहेको मान्छे अब के हुनुहुन्छरु राजनीतिमा कहाँ जानुहुन्छरु यस्तै तरिकाले ७७ जिल्लाको, हामी हो नि महाधिवेशन भएर १५औँमा आउने। त्यतिबेला नाराजुलुस गरिदियो भने तपाईंको इज्जत कहाँ पुग्छरु तपाईंले काठमाडौं जिल्लालाई मात्रै देख्नेरु १५औँ महाधिवेशनमा तपाईंसँग छलफल हुन्छ, उनले थपे, हामी पनि चुनाव त जितेर आउँला नि। तपाईंलाई मैले दलमा भन्ने कुरा गरन लागेको थिए, दलले बैठक राखेन।

७७ वटै जिल्ला र १६५ निर्वाचन क्षेत्रमा योजनाको विनियोजन नगरेकोप्रति उपप्रधानमन्त्रीहरूप्रति सत्तारुढ दलका सांसदले आपत्ति जनाएका हुन्। यो तरिकाले तपाईंको राजनीति सप्रिन्छरु प्रधानमन्त्री र पार्टी सभापति हुने आशा गरेको थिए, यो तरिकाले देश चल्दैन, डुब्छ। कांग्रेसहरू डुबिसक्यो, उनले भने।

उपप्रधान तथा अर्थमन्त्री पौडेललाई पनि सांसद तामाङले आगामी चुनावमा चुनौती दिने चेतावनी दिए। म पनि रुपन्देहीमा हुर्किएर आएको मान्छे हो। हाम्रो पनि त्यहाँ साथी छन् । तपाईं पनि ६ महिना अगाडि आएको पार्टीलाई ६८३ मतले मात्रै जितेर आउनुभएको हो। ख्याल गर्नुपर्छ। सबैलाई मिलाउनुपर्छ, उनले भने, अर्थमन्त्रीज्यू, तपाईं कांग्रेसको फेला नपरेको हो। घण्टीलाई ६८३ मतले मात्रै जित्नुभएको हो। सबैको रिपोर्ट लिएर बसेका छौं।

आजै कांग्रेसकै नेता अर्जुननरसिंह केसीले पनि सरकारको बजेटमाथि आलोचना गरेका थिए। त्यस्तै शुक्रबार कांग्रेसका अर्का सांसद दीपक गिरीले त सरकारमा रहेका सबै मन्त्रीमाथि आक्रोश पोखेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group