ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षक प्रतिनिधिले सिंहदरबार पुगेर स्मरण गराए शिक्षा विधेयक पारित गर्ने असार १५ को समयसीमा


abc news
१५ असार २०८२, आइतबार   १२ : ४२   बजे

काठमाडौ १५ असार । शिक्षक प्रतिनिधिले आज सिंहदरबारमा पुगेर सम्बन्धित पक्षलाई विद्यालय शिक्षा विधेयक पारित गर्ने असार १५ को समयसीमा स्मरण गराएका छन्।

आज विद्यालय शिक्षा विधेयक संसद्‍मा टेबुल गर्न माग गर्दै शिक्षकहरुले सिंहदबारमा पुगेर दबाब दिएका हुन्।

सहमती अनुसार नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै आइतबार बिहान सिंहदरबारस्थित शिक्षा समितिको कार्यालयमा पुगेर सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन्।

सरकारले गत वैशाख १७ गते शिक्षक महासंघसँग यही असार १५ गते ९आज० सम्म शिक्षा ऐन जारी गर्ने सहमति गरेको थियो। सोही सहमतीअनुसार शिक्षकहरुले काठमाडौँ केन्द्रीत आन्दोनल स्थगित गरेका थिए।

सहअध्यक्ष पराजुलीको नेतृत्वमा शिक्षकहरूको टोली आज बिहान सिंहदरबारमा पुगेको हो।

‘हामी आइतबार बिहान साढे सात बजेदेखि सवा १० बजेसम्म सिंहदरबारमा थियौँ,’ पराजुलीले नेपालखबरसँग भनिन्, ‘त्यहाँ आज शिक्षा समितिको मिटिङ छ भन्ने थाहा पाएपछि हामी गएका हौँ। उहाँहरुलाई हामीले शिक्षा विधेयक जारी गर्ने असार १५ को डेटलाइन स्मरण गराएका छौँ।’

शिक्षामन्त्री, विषयगत समितिका सांसद्हरुलाई यस विषयमा आज ध्यानाकरर्षण गराएको उनले बताइन्।

आन्दोलनको रूप फेरिए पनि आन्दोलन नछाडेको उनले बताइन्।

महासंघसँग भएका सहमतीअनुसार विधेयक नआउने हो कि भन्ने शंकासमेत उनले व्यक्त गरिन्। ‘असार १५ गतेसम्म प्रतिनिधिसभाबाट विधेयक पारित गर्ने प्रतिवद्धता त उहाँहले पुरा गर्नु भएन,’ उनले भनिन्, ‘आज विधेयक टेबुल मात्रै भए पनि होस् भन्ने हाम्रो माग छ। यति भए सरकारले पारित गर्न नभ्याए पनि टेबलसम्म गर्‍यो भन्न पाइन्थ्यो।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu