लहान, १६ चैत । लहान नगरपालिका वडा नं ११ पडरिया थारु टोलस्थित सिर्जना सामुदायिक पुस्तकालयद्वारा सञ्चालित तेस्रो राष्ट्रिय भलिबल प्रतियोगिता आजदेखि आरम्भ भएको छ ।
प्रदेशसभा सदस्य लगनलाल चौधरीले खेलको उद्घाटन गर्नुभयो । मनसा कन्स्ट्रक्सन काठमाडौँ र रानी पुलिस विराटनगरबीच आज भएको खेलमा रानी पुलिस विराटनगरले जीत हासिल गरेको छ ।
यसैगरी दोस्रो खेल एपिएफ काठमाडौँ र जावलाखेल ललितपुरबीच भएकामा एपिएफ काठमाडौँले जितेको छ । प्रथम पुरस्कार रु एक लाख, दोस्रो पुरस्कार रु ७५ हजार र तेस्रो पुरस्कार रु २१ हजारका छन् । खेलमा आठ टोली सहभागी छन् । फाइनल खेल यही चैत २० गते अपराह्न २ बजे हुनेछ ।
प्रतिक्रिया दिनुहोस्