पोखरा । पोखरा महानगरपालिका–८, सृजनाचोकस्थित सृजना सेकेन्डरी स्कुलमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीबीच अन्तर सदनात्मक बुद्धिचाल (चेस) प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत आयोजित प्रतियोगितामा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।
विद्यालयका खेलकुद विभाग संयोजक गोपाल थापाको संयोजकत्वमा सम्पन्न प्रतियोगिता कक्षा ६–८ र ९–१० गरी दुई तहमा सञ्चालन गरिएको थियो। कार्यक्रम विद्यालयको आयोजनामा तथा युवा रेडक्रस सर्कल, सृजना माविको व्यवस्थापनमा शुक्रबार सम्पन्न भएको हो।
कक्षा ९–१० तर्फका विजेता
कक्षा ९–१० अन्तर्गत छात्रातर्फ सक्रिया पोख्रेल प्रथम, कुशुम गुरुङ द्वितीय, एञ्जल ढकाल तृतीय र सदीक्षा गिरी चतुर्थ स्थान हासिल गर्न सफल भइन्।
यसैगरी छात्रतर्फ संस्कार चालिसे प्रथम, आयुष ढकाल द्वितीय, दिप्सन ढकाल तृतीय तथा आरोज सापकोटा चतुर्थ बने।
कक्षा ६–८ तर्फ पनि उत्साहजनक प्रतिस्पर्धा
कक्षा ६–८ अन्तर्गत छात्रातर्फ सुमिना सिमखडा प्रथम, पिहु अग्रहरी द्वितीय, तृषा सुनार तृतीय र दीक्षा बराल चतुर्थ स्थानमा रहिन्।
त्यसैगरी छात्रतर्फ प्रशन पौडेल प्रथम, हिमान्सु सापकोटा द्वितीय, जिओन गुरुङ तृतीय तथा रोनिस सापकोटा चतुर्थ स्थान हासिल गर्न सफल भए।
हस्तकला प्रतियोगिता पनि सम्पन्न
विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत शुक्रबार नै कक्षा ४ र ५ का विद्यार्थीबीच विविध हस्तकला प्रतियोगिता समेत आयोजना गरिएको विद्यालयले जनाएको छ।
प्रतियोगिताको सञ्चालन गोपाल थापा र रविना विश्वकर्माले गरेका थिए।
विद्यालयका शिक्षक सुरेन्द्र काफ्लेका अनुसार बुद्धिचाल तथा हस्तकला प्रतियोगिताको नतिजा सार्वजनिक तथा विजेता विद्यार्थीलाई पुरस्कार वितरण आगामी सोमबार विशेष कार्यक्रमबीच गरिनेछ।
विद्यालयले यस्ता अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीमा बौद्धिक क्षमता, सिर्जनशीलता, प्रतिस्पर्धात्मक भावना तथा नेतृत्व विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्