ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्जिनियरिङ प्रवेश परीक्षामा मदरल्यान्ड उत्कृष्ट : आइओई र केयूमा अमृत तिमिल्सिना दुवैतर्फ दोस्रो


ABC NEWS
२२ श्रावण २०८३, शुक्रबार   ७ : ०५   बजे

पोखरा । पोखराको मदरल्यान्ड माध्यमिक विद्यालयले यस वर्ष पनि उच्च शिक्षाको प्रवेश परीक्षामा उल्लेखनीय सफलता हासिल गर्दै आफ्नो शैक्षिक उत्कृष्टतालाई निरन्तरता दिएको छ। विद्यालयका विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) र काठमाडौं विश्वविद्यालयको कुक्याट (KUCAT) प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याएपछि विद्यालयले विशेष सम्मान कार्यक्रम आयोजना गरेको छ।

यस वर्ष कक्षा १२ उत्तीर्ण गरेका अमृत तिमिल्सिनाले आईओई र काठमाडौं विश्वविद्यालय दुवैको प्रवेश परीक्षामा देशभर दोस्रो स्थान हासिल गर्दै विद्यालयका साथै पोखराको शैक्षिक क्षेत्रमा नयाँ उपलब्धि थपेका छन्।

दुवै विश्वविद्यालयमा ऐतिहासिक सफलता

हालै सार्वजनिक भएको आईओई प्रवेश परीक्षाको नतिजाअनुसार अमृत तिमिल्सिनाले दोस्रो स्थान प्राप्त गरेका छन्। यसअघि प्रकाशित काठमाडौं विश्वविद्यालयको कुक्याट प्रवेश परीक्षामा पनि उनले दोस्रो स्थान हासिल गरेका थिए।

यससँगै उनी नेपालका दुई प्रतिष्ठित इन्जिनियरिङ शिक्षण संस्थामा एकै वर्ष उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीका रूपमा स्थापित भएका छन्।

२८ विद्यार्थीले पाए पूर्ण छात्रवृत्ति

मंगलबार सार्वजनिक आईओई प्रवेश परीक्षाको नतिजाअनुसार मदरल्यान्डका २८ जना विद्यार्थी उत्कृष्ट १,०६५ भित्र पर्न सफल भएका छन्। यो सूचीभित्र पर्ने विद्यार्थीहरूले पूर्ण छात्रवृत्तिमा इन्जिनियरिङ अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन्।

त्यसैगरी, गत साता प्रकाशित काठमाडौं विश्वविद्यालयको कुक्याट नतिजामा पनि विद्यालयका ९ जना विद्यार्थी शीर्ष ९६ भित्र स्थान बनाउन सफल भएका थिए।

विद्यालयका अनुसार यो नतिजाले गुणस्तरीय शिक्षासँगै व्यवस्थित शैक्षिक तयारीको प्रभावकारिता पुष्टि गरेको छ।

सफल विद्यार्थी र शिक्षक सम्मानित

विद्यार्थीहरूको उपलब्धिको सम्मानस्वरूप बुधबार विद्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा विद्यालयका प्राचार्य डा. नारायण बराल, निर्देशक डा. त्रिभुवन शर्मा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमनारायण पोखरेल, प्रशासन प्रमुख कृष्ण पोखरेल, प्लस टु इन्चार्ज नारायण आचार्य, अंग्रेजी विभाग प्रमुख वामनप्रसाद घिमिरे लगायतले सफल विद्यार्थीहरूलाई खादा, माला र अबिर लगाएर सम्मान गरेका थिए।

यस अवसरमा उत्कृष्ट नतिजा ल्याउन योगदान पुर्‍याउने शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो।

सफलता मेहनत, शिक्षक र अभिभावकको सहकार्यको परिणाम

कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य डा. बराल, निर्देशक डा. शर्मा, प्लस टु इन्चार्ज आचार्य, सम्मानित विद्यार्थीका तर्फबाट सुभाष पोखरेल तथा शिक्षक विष्णुप्रसाद गौतमले विद्यार्थीको निरन्तर मेहनत, शिक्षकहरूको समर्पित मार्गदर्शन र अभिभावकको सहयोगले यस्तो उपलब्धि सम्भव भएको बताए।

उनीहरूले प्रतिस्पर्धात्मक प्रवेश परीक्षामा सफलता संयोग नभई दीर्घकालीन तयारी, अनुशासन र निरन्तर अभ्यासको परिणाम भएको उल्लेख गरे।

नर्सरीदेखि मदरल्यान्डमै अध्ययन

पोखरा–१८, सराङकोटका अमृत तिमिल्सिनाले नर्सरीदेखि नै मदरल्यान्ड माध्यमिक विद्यालयमा अध्ययन गरेका हुन्।

यस वर्षको आईओई प्रवेश परीक्षामा देशभरबाट करिब १३ हजार विद्यार्थी सहभागी भएका थिए। त्यस्तो कडा प्रतिस्पर्धाबीच दोस्रो स्थान हासिल गर्नु उल्लेखनीय उपलब्धि मानिएको छ।

उत्कृष्ट नतिजाको निरन्तरता

मदरल्यान्ड माध्यमिक विद्यालयले यसअघि पनि राष्ट्रियस्तरका प्रतिस्पर्धात्मक परीक्षामा उत्कृष्ट नतिजा निकाल्दै आएको छ। करिब १० वर्षअघिविद्यालयकै विद्यार्थी सविन आचार्यले त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र (एमबीबीएस) प्रवेश परीक्षामा पनि देशभर दोस्रो स्थान हासिल गरेका थिए।

विद्यालयले विगतका वर्षहरूझैँ यस वर्ष पनि इन्जिनियरिङ प्रवेश परीक्षामा उत्कृष्ट नतिजा दोहोर्‍याएको भन्दै आगामी वर्षहरूमा अझ उच्च उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर फेरि वर्षाको सक्रियता, पहाडमा पहिरो र तराईमा बाढीको जोखिम

 अनलाइन सरुवा प्रणालीबाट दुर्गम–सुगममा सन्तुलन खोज्दै सरकार

सम्बन्धित

मौका परीक्षामा ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण, ५७ हजार ८९७ जनाले पाए सबै विषयमा ग्रेड

शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन

काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोटमा १० जना ‘सर्टलिस्ट’, शुक्रबार प्रस्तुतीकरण र अन्तर्वार्ता

११४ दिनपछि खुल्यो सार्वजनिक पुस्तकालय, ढिलो खुलेपछि पाठक असन्तुष्ट

४३ वर्षदेखि ‘पर्खाइ’मै ढोरपाटन : करोडौँ राजस्व काठमाडौं पुग्छ, स्थानीय भने लाभबाट वञ्चित

कास्कीमा बिहान ७ देखि साँझ ७ बजेसम्म मात्रै ग्यास बिक्री गर्न पाइने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu